back
CTIZAN AD

आज पुष २६ गते शनिबार, हेर्नुहोस् राशिफल कस्तो छ तपाईको आजको दिन ?

वि.सं.२०८२ पुस २६ शनिवार

957 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश सामान्य काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूले फसाउन सक्छन्। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। तर बलजफ्तीको प्रयासले समस्या निम्त्याउन सक्छ। गलत चिन्तन र विचारले स्वयं आलोचित भइनेछ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। पछिका लागि लगानी गर्ने समय छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ। मिहिनेतले राम्रो नतिजा हातपार्न सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पेसा–व्यवसायमा व्यस्तता बढ्नेछ तर सोचेजति लाभ नहुन सक्छ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका हुनेछ। केही अवसर गुमे पनि सेवामूलक काममा जुट्नेहरूलाई फाइदा हुनेछ। काममा प्रतिस्पर्धा बढ्नेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। नियमित प्रयास गर्दा दिगो कामको जग बसाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
केही पाउन केही वस्तु त्याग्नुपर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। व्यवसायमा लगानी गर्ने अवसर प्राप्त हुनेछ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
धेरै आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। तर केही काम रोकिनाले उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्या दोहोरिनाले सञ्चित रकम खर्च हुन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि पछिलाई फाइदा हुनेछ। आत्मविश्वास, मिहिनेत र लगनशीलताले समस्या समाधान गर्न सकिनेछ। सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। तत्काल धेरै लाभ उठाउन नसकिए पनि साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। सोखले खर्च बढाउन सक्छ। लगानीमा खर्च लागे पनि दिगो योजना कार्यान्वयन गर्न सफल भइनेछ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोरÞ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामको चापबाट फुर्सदिलो भइनेछ। व्यवसायमा सामान्य लाभ हुनेछ। आयमूलक काम प्रारम्भ हुन सक्छ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले उत्साह जगाउनेछन्। प्रयत्न गर्दा आम्दानी बढाउने काम प्रारम्भ हुनेछ।

२०८२ पौष २६ गते (१० जनवरी २०२६) शनिवार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ पुस २६ शनिवार ०५:१६ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...