back

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

वि.सं.२०८२ पुस २९ मंगलवार

168 

shares

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा ट्राफिक प्रहरी प्रभाग गौशलाले आज प्रभातफेरी गरेको छ ।

ट्राफिक नियमप्रति आमनागरिकमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम गौशलाबाट सुरु भई मित्रपार्कमा पुगेर सभामा परिणत भएको थियो ।

सहभागीहरूले ‘सवारी नियम पालना गरौँ, दुर्घटना न्यूनीकरण गरौँ, सुरक्षित यात्रा सबैको अधिकार’ भन्नेजस्ता सचेतनामूलक प्लेकार्ड तथा ब्यानर बोकेर सडक प्रयोगकर्तालाई सन्देश दिएका थिए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सभालाई सम्बोधन गर्दै सवारी चालकको लापरवाही र पैदलयात्रीको असावधानीका कारण सवारी दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको बताए ।

“हाम्रो चाहना सवारी दुर्घटना शून्य बनाउने हो”, उनले भने, “त्यसका लागि सवारी चालकमात्र होइन, पैदलयात्रीले पनि ट्राफिक नियमको पूर्ण पालना गर्न आवश्यक छ । सडक सबैको साझा सम्पत्ति भएकाले यसको प्रयोग जिम्मेवारीपूर्वक गर्नुपर्छ ।”

प्रभातफेरी कार्यक्रममा काठमाडौँ महानगरपालिका–७ का वडाध्यक्ष विमलकुमार होडालगायत जनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, सर्वसाधारण नागरिक, ट्राफिक प्रहरी तथा नेपाल प्रहरीको उल्लेख्य सहभागिता रहेको थियो ।

वडाध्यक्ष होडाले सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ को शुभकामना व्यक्त गर्दै सुरक्षित र व्यवस्थित ट्राफिक व्यवस्थापनका लागि वडा कार्यालय सधैँ ट्राफिक प्रहरीसँग सहकार्य गर्न तयार रहेको बताए ।

वि.सं.२०८२ पुस २९ मंगलवार १६:१५ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...