back
CTIZAN AD

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

वि.सं.२०८२ पुस २९ मंगलवार

390 

shares

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा ट्राफिक प्रहरी प्रभाग गौशलाले आज प्रभातफेरी गरेको छ ।

ट्राफिक नियमप्रति आमनागरिकमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम गौशलाबाट सुरु भई मित्रपार्कमा पुगेर सभामा परिणत भएको थियो ।

सहभागीहरूले ‘सवारी नियम पालना गरौँ, दुर्घटना न्यूनीकरण गरौँ, सुरक्षित यात्रा सबैको अधिकार’ भन्नेजस्ता सचेतनामूलक प्लेकार्ड तथा ब्यानर बोकेर सडक प्रयोगकर्तालाई सन्देश दिएका थिए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सभालाई सम्बोधन गर्दै सवारी चालकको लापरवाही र पैदलयात्रीको असावधानीका कारण सवारी दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको बताए ।

“हाम्रो चाहना सवारी दुर्घटना शून्य बनाउने हो”, उनले भने, “त्यसका लागि सवारी चालकमात्र होइन, पैदलयात्रीले पनि ट्राफिक नियमको पूर्ण पालना गर्न आवश्यक छ । सडक सबैको साझा सम्पत्ति भएकाले यसको प्रयोग जिम्मेवारीपूर्वक गर्नुपर्छ ।”

प्रभातफेरी कार्यक्रममा काठमाडौँ महानगरपालिका–७ का वडाध्यक्ष विमलकुमार होडालगायत जनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, सर्वसाधारण नागरिक, ट्राफिक प्रहरी तथा नेपाल प्रहरीको उल्लेख्य सहभागिता रहेको थियो ।

वडाध्यक्ष होडाले सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ को शुभकामना व्यक्त गर्दै सुरक्षित र व्यवस्थित ट्राफिक व्यवस्थापनका लागि वडा कार्यालय सधैँ ट्राफिक प्रहरीसँग सहकार्य गर्न तयार रहेको बताए ।

वि.सं.२०८२ पुस २९ मंगलवार १६:१५ मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...