back
CTIZAN AD

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

वि.सं.२०८२ पुस २९ मंगलवार

1.1K 

shares

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर “माघे संक्रान्ति पर्व मनाएको छ ।

२०२६ जनवरी ११ तारिखका दिन नर्वेको राजधानी ओस्लोमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष दीपक भुजेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमको संयुक्त रूपमा उद्घाटन प्रमुख अतिथि एनआरएनए युरोप उपसंयोजक राजु अर्याल तथा अध्यक्ष दीपक भुजेलले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटनपश्चात आमन्त्रित नेपाली संघ–संस्थाका प्रतिनिधिहरूलाई खादा लगाई मंचमा आसन ग्रहण गराउँदै सम्मान गरिएको थियो।

कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय धुन, मगर भाषाको गान तथा नर्वेको राष्ट्रिय धुनबाट गरिएको थियो । साथै, माल्यार्पणसहित सजाइएको नेपालका प्रथम शहीद लखन थापा मगरको तस्बिर अगाडि शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थिया े।

कार्यक्रमको पहिलो चरणको औपचारिक सत्र मगर संघ नर्वेका महासचिव मोहन रानाले सञ्चालन गरेका थिए भने संघकी सचिव श्रीमती कृष्णा पुनको स्वागत मन्तव्य रहेको थियो । प्रमुख अतिथि अर्यालले मगर समुदायको मौलिक पर्व माघे संक्रान्तिको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्वमाथि प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रवासमा रहेर पनि आफ्नो भेषभूषा, भाषा, संस्कृति, इतिहास र मौलिक पहिचान जोगाउँदै परम्परा र मान्यताहरूलाई जीवन्त राख्ने उद्देश्यका साथ मगर संघ नर्वेले यस वर्ष पनि माघे संक्रान्ति पर्व भव्य रूपमा मनाएको हो ।
कार्यक्रममा उपस्थित दर्शकहरूले तरुल, सेलरोटी, अचारलगायत नेपाली परिकारको स्वाद लिँदै भरपूर मनोरञ्जन गरेका थिए ।

सांस्कृतिक कार्यक्रमको सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाका निवर्तमान अध्यक्ष भगवान भुजेलले गरेका थिए । उनको शैली र कार्यक्रम व्यवस्थापनप्रति दर्शकहरूले उच्च मूल्यांकन गरेका थिए ।

“हाम्रो भाषा, कला, संस्कृति र परम्पराको संरक्षण र संघको दिगो विकास” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा नेपालबाट आमन्त्रित अन्तर्राष्ट्रिय रूपमा चर्चित वरिष्ठ कलाकार श्याम राना, तृष्णा घर्ती तथा शान्ति श्रीषको विशेष प्रस्तुति रहेको थियो । साथै, नर्वेमा बसोबास गर्ने मगर समुदायका स्थानीय कलाकारहरू र अन्य गैर–मगर समुदायका कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी अधिकांश मगर समुदायका सदस्यहरू परम्परागत भाङ्ग्रा र शिरमा टोपीमा सजिएका थिए भने महिलाहरू मगर समुदायको मौलिक पोसाक—मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो मिलो पटुकी, पोते, कण्ठमाला, मुगामाला, शिरफूल, माडवारी÷ढुंग्री र बुलाकी—मा सजिएर उपस्थित भएका थिए ।
सो दृश्यले समुन्द्रपारिको भूमिमा पनि नेपाल र नेपालीपनको जीवन्त झल्को दिएको थियो ।

स्थानीय मगर समुदायका साथै नेपालकै सांस्कृतिक पहिचान बोकेका कौराहा, हुर्रा नाच, झ्याउरे तथा इमान बुढा मगरको हास्य नृत्यले दर्शकहरूलाई अत्यन्तै मनोरञ्जन प्रदान गरेको थियो ।

नर्वेको बाक्लो हिमपात र चिसो मौसमको प्रवाह नगरी साँझ २१ः३० बजेसम्म निरन्तर रूपमा प्रस्तुत सामूहिक नृत्य र सांस्कृतिक कार्यक्रमहरू दर्शकहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न भएका थिए।

कार्यक्रमको अन्त्यमा आमन्त्रित सम्पूर्ण अतिथि, संघ–संस्थाका प्रतिनिधि तथा करिब ५०० जनाको उपस्थिती रहेका दर्शकहरूलाई मगर समुदायको विशेष माघे संक्रान्तिमा खाने परिकार तथा भोजनको व्यवस्था गरिएको थियो ।

यसरी, मगर संघ नर्वेले प्रवासको भूमिमा रहेर पनि आफ्नो मौलिक संस्कृति, पहिचान र एकतालाई मजबुत बनाउँदै माघे संक्रान्ति पर्वलाई भव्य, अनुशासित र स्मरणीय रूपमा सम्पन्न गरेको छ ।

वि.सं.२०८२ पुस २९ मंगलवार १६:४९ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...