back

नेपालको डिजिटल क्षेत्रमा नयाँ आयामः इबुकिङ नेपाल डटकम सुरु

वि.सं.२०८२ पुस २९ मंगलवार

966 

shares

काठमाडौँ । नेपाल केन्द्रित डिजिटल ट्राभल तथा सेवा बुकिङ प्लेटफर्म ‘इबुकिङ नेपाल डटकम’को भव्य समारोहकाबिच औपचारिक सुरुआत गरिएको छ ।

लैनचौरस्थित द मल्ल होटलमा भएको समारोहमा सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदिस खरेलले पहिलोपटक गन्तव्य बुक गरेर ‘इबुकिङ नेपाल डटकम’को औपचारिक सुरुआत गरेका हुन् ।

सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै हस्पिटालिटी र यात्रा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग अत्यन्त प्रभावकारी बन्दै गएको सन्दर्भमा ‘इबुकिङ नेपाल डटकम’को सुरुवात गरिएको हो ।

इबुकिङ नेपाल डटकमले होटल, ट्राभल, टुर प्याकेज तथा अन्य बुकिङ सेवाहरूलाई एउटै एकीकृत प्लेटफर्ममार्फत सहज, सुरक्षित र विश्वसनीय रूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेले पर्यटन प्रवर्धन राम्रोसंग गरेर मात्र देश विकासको आधार तयार गर्न सकिने बताए । उनले प्रकृतिले नेपाललाई दिएको सम्पतिको कल्पना सम्म गर्न नसकिने भन्दै यी सम्पति बनाउनुर्पदाको मूल्य अनमोल रहेको बताए ।

मन्त्री खरेलले फाग्ुन २१मा हुने निर्वाचनका लागि तयारी अवस्थामा रहन भन्दै एसपटक कसैको दास, हनुमान नहुन र विवेकको आत्मसमर्पण नगराउन आग्रह गरे ।

संस्कृतिक संस्थानका महाप्रवधन्क किरणबाबु पुनले सांस्कृतिक संस्थानका हरेक उद्देश्य इबुकिङ नेपाल डटकम’ लगायतका क्षेत्रहरुलाई सहयोग पुग्ने खालका भएको उल्लेख गरे । उनले संस्थानको तर्फबाट दीर्घकालिन रणनीति संस्कृति, प्रकृति र जनसक्तिको उचित सदुपयोगबाट समृद्धि भएको बताए ।

नेपाल पर्यटन बोर्डका कार्यबहाक निर्देशक सुनिल शर्माले नेपाल आर्थिक रुपमा कम्जोर भएपनि प्राकृतिक रुपमा धनी भएको प्रमाण दिन ‘इबुकिङ नेपाल डटकम’ जस्ता प्लेटफर्म अपरिहार्यरहेको बताए ।

हाम्रो होटल एण्ड एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहले विदेशी मोमेन्टहरुले होटलहरुबाट नेपाललाई राजस्व नतिरेरै ठूलो रकम विदेश लगेको भन्दै त्यसलाई चिर्न इबुकिङ राम्रो प्रयास भएको बताए ।

कार्यक्रममा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टका प्रमुख कार्यकारी निर्देशक जिस्वान तुलाधर, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, एनआरएनका बद्री केसी लगायतले इबुकिङ नेपाल डटकम नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रको अग्रणी डिजिटल प्रवेशद्वार भएबो बताए ।

नेपाली र अंग्रेजी दुवै भाषामा सञ्चालन हुने यो प्लेटफर्म अत्याधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ता एआइको प्रयोगमा आधारित छ । खोजदेखि बुकिङसम्मको प्रक्रिया सहज, पारदर्शी र प्रयोगकर्तामैत्री बनाउने लक्ष्य राखिएको छ । साथै, होटल व्यवसायी, ट्राभल एजेन्सी, सेवा प्रदायक तथा यात्रु सबैलाई लाभ पुग्ने विश्वासिलो डिजिटल इकोसिस्टम निर्माण गर्ने उद्देश्य लिइएको छ ।

इबुकिङ नेपाल डटकमले सेवा विस्तार तथा साझेदारीमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने योजना अघि सारेको छ । यसले स्थानीय पर्यटन व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ।

आइओएस र एनरोइड दुवै प्लेटफर्ममा उपलब्ध रहेको एप्लिकेसन एप्पल एप स्टोर्स तथा गुगल प्ले स्टोर्सबाट डाउनलोड गर्न सकिनेछ । एउटै प्लेटफर्मबाट यात्रा सम्बन्धी सबै सेवा प्राप्त गर्न सकिने व्यवस्थाले प्रयोगकर्ताको समय, श्रम र लागतको बचत गर्दै सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

कार्यक्रममा पर्यटन, प्रविधि, अर्थ क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो ।

नेपाली हस्पिटालिटी क्षेत्रलाई डिजिटल रूपमा अझ सशक्त बनाउने उद्देश्यसहित सुरु गरिएको यस प्लेटफर्मले पर्यटन तथा सेवा क्षेत्रमा सकारात्मक योगदान पु¥याउने विश्वास लिइएको छ ।

 

 

वि.सं.२०८२ पुस २९ मंगलवार २०:२३ मा प्रकाशित

Himalayan Life AD
सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

काठमाडौँ । मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको...

उद्यमशिलतामा बढ्दै महिला सहभागिता

उद्यमशिलतामा बढ्दै महिला सहभागिता

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले स्टार्टअप क्षेत्रमा...

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

पौष २५ देखि छैटौं देवचुली महोत्सव हुँदै, तयारी तीव्र

पौष २५ देखि छैटौं देवचुली महोत्सव हुँदै, तयारी तीव्र

नवरपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा आगामी पौष २५ गतेदेखि...