काठमाडौं । नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमई लिमिटेडले “Tiqmo मार्फत आइएमई गरौँ, उपहार जितौँ” नामक नयाँ प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ। यो योजना पौष २१ देखि चैत्र १७ गतेसम्म सञ्चालन हुनेछ।
अभियानअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले Tiqmo (टिक्मो) एप प्रयोग गरी आइएमईमार्फत नेपाल पैसा पठाउँदा आकर्षक उपहार जित्ने अवसर पाउनेछन्। मेगा पुरस्कारअन्तर्गत एकजना भाग्यशाली विजेताले BYD Atto 1 EV प्राप्त गर्नेछन्। यस्तै, मासिक रूपमा दुईजना विजेताले Yadea Owin EV स्कुटर जित्नेछन् भने साप्ताहिक रूपमा १२ जना भाग्यशाली विजेताले iPhone 17 प्राप्त गर्नेछन्।
यस योजनामार्फत कुल १५ जना भाग्यशाली व्यक्तिहरू लाभान्वित हुनेछन्। सबै विजेताहरूको छनोट पारदर्शी डिजिटल लक्की ड्र प्रणालीमार्फत गरिने आइएमईले जनाएको छ।
वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरूले कमाएको रकम सुरक्षित, छिटो र भरपर्दो तरिकाले स्वदेश पठाउने उद्देश्यले आइएमईले डिजिटल प्रविधिलाई प्राथमिकता दिँदै आएको छ। पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै विदेशबाट पैसा पठाउँदा उपहार जित्ने अवसरसमेत प्रदान गरिएको कम्पनीको भनाइ छ।
आइएमई लिमिटेडले स्थापनादेखि नै रेमिटेन्स सेवालाई देशका शहरी तथा ग्रामीण क्षेत्रसम्म विस्तार गर्दै आएको छ। हाल कम्पनीले ७७ जिल्लामा २२५ आइएमई सेन्टरसहित करिब १२ हजार सब–एजेन्ट तथा बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।
त्यसैगरी, Tiqmo साउदी अरबमा व्यापक रूपमा प्रयोग हुने डिजिटल वालेट एप हो, जसले अन्तर्राष्ट्रिय रकम ट्रान्सफर, डिजिटल भुक्तानी कार्ड, बिल भुक्तानी लगायतका सेवाहरू प्रदान गर्दै आएको छ।
वि.सं.२०८२ पुस ३० बुधवार १२:४८ मा प्रकाशित




























