back

प्रतिनिधि सभाको निर्वाचनः लोकतन्त्रको आधारशीला

वि.सं.२०८२ माघ १० शनिवार

1.8K 

shares

प्रतिनिधि सभाको उपादेयताः
सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्ति त गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प सहित जारी नेपालको सविधानले पहिलो दशकभित्रै बालिग मताधिकारको प्रयोग गरी २ पटक प्रतिनिधि सभाको निर्वाचन आवधिक निर्वाचन सम्पन्नत भएको अवस्थामा गत भाद्र २३ र २४ गतेको जेन( जी आन्दोलनले सिर्जना गरेको विषय परिस्थितीका कारण आगामी फागुन २१ गते मुलुक पुनः प्रतिनिधि सभाको निर्वाचनमा भाग लिदैछ भने दशौं पटकको सरकार गठनको तयारी समेत गर्दैछ।

समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाको आधार हो। यस निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधिको चयन मात्र गर्ने होइन, राज्य सञ्चाजलनका लागि सरकारको गठन समेत गर्छन।आफुले रोजेका जनप्रतिनिधिमार्फत राज्य सञ्चा लन, नीति निर्माण र कानून निर्माण प्रक्रियामा भाग लिने व्यवस्था लोकतन्त्रको सुन्दरतम पक्ष हो। त्यसैले पनि प्रतिनिधि सभाको निर्वाचन केवल औपचारिक प्रक्रिया मात्र नभई जनताको सार्वभौमिक अधिकार र अभ्यास पनि हो।

निर्वाचनको मुख्य उद्देश्य जनचाहाना अनुसार सक्षम, निष्पक्ष, इमानदार र उत्तरदायी नेतृत्वको चयन गर्नु हो।प्रतिनिधि सभाका सदस्यहरू जनताबाट प्रत्यक्ष चुनिएर आउने प्रतिनिधि भएकाले जनताको आवाज व्यवस्थापिका संसदमा उठाउने, जनताका समस्याहरूलाई नीतिमा रूपान्तरण गर्ने र सरकारको निर्माण तथा सरकारलाई खवरदारी गर्ने जिम्मेवार र जनउत्तरदायी निकाय पनि हो। जसका लागि संविधानले आवधिक निर्वाचन, बालिग मताधिकार सहित स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचनको व्यवस्था गरेको पाइन्छ।

निर्वाचनप्रतिको जन अपेक्षाः
जन अपेक्षा बहुआयामिक हुन्छ। जनताले आफुले चुनेका जनप्रतिनिधिमार्फत राज्य सञ्चोलनका विभिन्न। अवयवहरूमा भाग लिने भएकाले आफ्ना प्रतिनिधिहरू इमानदारिता र नैतिकताको कसीमा खरो उत्रिन सकुन भन्नेन अपेक्षा राखेका हुन्छन्। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य सहित जारी नेपालको संविधान र संविधानले लिएको अपेक्षा कार्यान्वयनको सन्दर्भमा भएको जेन( जी आन्दोलनको भावना र मर्म बमोजिम भ्रष्टाचारमुक्त आचारण, सार्वजनिक स्रोतको सही उपयोग र जवाफदेहिता जन अपेक्षाका मुख्य आधारहरू हुन। विकास र समृद्धि जनताको चाहाना हो। जनताले आफ्ना प्रतिनिधिहरू शिक्षा, स्वास्थ्य, रोजगारी र जनजिविकाका सवालमा खरो उत्रन सकुन भन्नेह अपेक्षा राखेका हुन्छन।

संविधानले प्रतिनिधि सभाका सदस्यहरूलाई व्यवस्थापिका संसदको सदस्य समेत मानेको छ जसको मुख्य काम राष्ट्रिय नीति निर्माण गर्ने, राष्ट्रिय बजेटको तर्जुमा र पास गर्नुका साथै मुलुकलाई चाहिने कानूनको निर्माण, परिमार्जन र संशोधन तथा खारेज गर्ने हो। त्यसैले प्रतिनिधि सभाका सदस्यहरू आफ्नो निर्वाचन क्षेत्रमा मात्र सिमित नरहि राष्ट्रिय भूमिका समेत खेल्नु पर्ने हुन्छ। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्ननति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषयहरू हुन। त्यसैले आफुले चुनेका जन प्रतिनिधिहरूले राष्ट्र हित प्रतिकूलको आचारण र कार्य कहिल्लै गर्ने छैनन भन्ने् जन अपेक्षा रहेको हुन्छ।

संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प लिए बमोजिम समावेशी नीति, सामाजिक न्याय, सुशासन र विधिको शासन सुदृढ गर्नु जन अपेक्षाको महत्वपूर्ण पक्ष हुन। जनता आफुले चुनेका प्रतिनिधिहरू निरन्तर आफ्ना दुःख सुखका साथी बनी राखुन भन्नेआ चाहान्छन। त्यसैले निर्वाचनपछि पनि जनतासँग निरन्तर संवाद गर्ने, जनताको समस्या तथा गुनासो सुन्ने र त्यसको वास्तविक सामाधानको अपेक्षा राख्छन। निर्वाचनमार्फत जनताले आफ्ना आशा र विश्वारस चुनिएका जनप्रतिनिधिलाइ सुम्पिन्छन। निर्वाचित प्रतिनिधिहरूले जनताको आशा र विश्वोसलाई मन, वचन र कर्मले निष्ठा र उत्तरदायित्वपूर्ण ढंगले पुरा गर्नेछन भन्नेआ अपेक्षा राखेका हुन्छन। यहि नै सशक्त लोकतन्त्रको आधार हो।

नेपालमा जेन – जी आन्दोलनले लिएका अपेक्षाहरूः
नेपालको जेन- जी आन्दोलन परम्परागत राजनीतिक दल केन्द्रीत राजनितिभन्दा फरक सोंच, शैली र माग सहितको आन्दोलन थियो। यो कुनै एक दल वा व्यक्तिमा सीमित नभई समग्र प्रणालीको सुधार र अवसरसँग जोडिएको आन्दोलन थियो।जसले सुशासन र भ्रष्टाचारमुक्त समाजको निर्माण, रोजगारी तथा अवसरको सिर्जना र समान वितरण, योग्यता प्रणालीमा आधारीत कर्मचारीतन्त्र, प्रमाणपत्रमुखी शिक्षा प्रणालीको विरूद्द व्यावहारिक र बैज्ञानिक शिक्षा प्रणाली, डिजिटल लोकतन्त्रको स्थापना र विकास, दमनकारी कानून र राज्य संयन्त्रका विरूद्द स्वतन्त्र अभिव्यक्ति र नागरिक अधिकार सहितको लोकतन्त्र, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण, पुरानो राजनीतिक संस्कृतिको अन्त्य र नयाँ नेतृत्व, नयाँ राजनीतिक नैतिकता सहितको राज्य संयन्त्रको निर्माण गर्ने अपेक्षा राखेको थियो।

प्रतिनिधि सभाको निर्वाचनमा सरोकार र चासोका विषयहरूः
नेपालको जेन- जी आन्दोलन सत्ता केन्द्रीत होइन, प्रणालीमा केन्द्रीत थियो।आन्दोलन नारामुखी होइन, परिणाममुखी, भाषणमुखी होइन, काममुखी र इतिहासमुखी नभई भविश्यखमुखी रहेको सन्दर्भमा यी अपेक्षाहरू संवोधन गर्ने लक्ष्यका साथ हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा देहायका विषयहरूलाई अत्यन्त चासो र सरोकारका रूपमा लिइएको पाइन्छः-

स्वच्छ र निष्पक्ष निर्वाचनः पारदर्शी निर्वाचन र मतदान प्रक्रिया, सुरक्षित मतदाताको अधिकार र धाँधलीरहित निर्वाचन लोकतन्त्रका आधार हुन। स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने प्रतिवद्दता सहित गठन भएको वर्तमान सरकारमा सामेल केहि मन्त्रीहरू आफ्नो कर्तव्य र जिम्मेवारी विपरीत राजनितिक दलको सदस्य बन्दै निर्वाचनमा होमिनुले स्वतन्त्र र निष्पक्ष निर्वाचनमाथि झिनो आशंका उब्जिन पुगेको सन्दर्भमा यसलाई पाठको रूपमा लिइ सरकार अगाडी बढ्नु जरूरी छ भने राजनीतिक विश्वा सको वातावरण बनाउन पर्ने खाँचो छ।

इमानदार र सक्षम नेतृत्वः नेपालमा राजनीतिमा अपराधिकरण र अपराधमा राजनीतिकरण बढ्दै गइरहेको छ। यस्तो अवस्थामा अपराधमुक्त, नैतिकवान र जनमुखी उमेदवारहरूको चयन र छनौट नै मुख्य चासो र सरोकारको विषय बनेको छ र बन्नुे पर्छ।

सुशासन र भ्रष्टचार नियन्त्रणः अहिलेको मुख्य चासो र सरोकारको विषय भ्रष्टचार विरूद्द सुशासनको पक्षमा खरो उत्रन सक्ने उमेदवारको छनौट र चयन हो। विगतमा कतिपय विषयहरूमा भ्रष्टाचार, अनियमितता र गैरकानूनी कार्य भएको र भ्रष्टाचार लगायत सो सम्बन्धिका फाइलहरू बन्द गरिएको भनी आवाज उठिरहेका छन। राजनीतिक दलहरूले भ्रष्टाचारको विषयमा सुन्य सहनशील हुन जरूरी छ।यस सम्बन्धमा उमेदवार छनौटको विषयले प्रमुखता पाएको छ। राजनीतिक दलहरूले यस सम्बन्धमा विवादित पात्रहरूलाई उमेदारका रूपमा छनौट गर्छन कि गर्दैनन चासो र सरोकारको विषय बनेको छ।

विकास र सेवा प्रवाहः आज नागरिक सेवा खोज्दै सरकारको दैलामा होइन, सरकार सेवा दिन जनताको घरदैलामा पुग्नु पर्ने नविनतम मान्यता अनुरूप विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, खानेपानीलगायत जनजिविकासँग जोडिएका विषयहरू आम सरोकार र चासोको विषय बनेका छन।

समावेशिता र सामाजिक न्यायः यस निर्वाचनमा महिला, दलित, आदिवासी र जनजाती, अपाङ्ग, पिछडिएका वर्ग लगायत सबैको शासनमा समान सहभागिता र अधिकारको सुनिश्चिितता नै चासो र सरोकारको विषयका रूपमा रहेको छ।

राष्ट्र हितको विषयः आम नेपालीहरू सबैभन्दा संवेदनशिल हुने विषय भनेको राष्ट्र र राष्ट्रियता हो। नेपाल र नेपालीहरू जन्मदै स्वतन्त्र रूपमा जन्मेका हुनाले कसैको दासत्व, थिचोमिचो नेपालीका लागि अस्वीकार्य र असह्य छ। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा लगायतका विषयहरूमा सजग नेपालीहरू राष्ट्र हित प्रतिकूल आचरण भएका पात्रहरूलाई निर्वाचनमा खडा गर्ने छैनन भन्नेीमा आशावादी छन। किनकी छिमेकी राष्ट्र बंगलादेश, श्रीलंका, भेनेजुयला, युक्रेन र तिब्बतका घटनाहरू नेपाली मानसपटलमा मडारिरहेका छन।

अन्त्यमा, लोकतन्त्र त्यस्तो शासन व्यवस्था हो, जहाँ सत्ता बलले होइन, जनविश्वातसले टिक्दछ भन्नेत मान्यता रहेको छ। जनताको आवाज सुन्नो, कमजोरलाई संरक्षण गर्ने र भविश्यटका लागि अवसरहरूको सिर्जना गर्ने सुन्दर शासन प्रणाली हो लोकतन्त्र। नेपाली जनताले प्रतिनिधि सभाको निर्वाचनमार्फत राज्यको शासन प्रणाली कागजमा होइन, व्यवहारमा देखियोस भन्नेन चाहान्छन। यसका लागि राज्यका संस्थाहरू बलिया, नागरिक सचेत र नेतृत्व उत्तरदायी हुन जरूरी छ। यति भएमा मात्र लोकतन्त्र संस्थागत र दिगो हुन सक्छ। प्रतिनिधि सभाको निर्वाचनपछि गठन हुने संसद र सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत, सुदृढ र दिगो बनाउदै राष्ट्र हित, लोकतन्त्र र अग्रगामी परिवर्तनलाई आत्मासात गर्न सकोस, शुभकामना।

वि.सं.२०८२ माघ १० शनिवार ०९:३६ मा प्रकाशित

Himalayan Life AD
देशमा रहेका अभिभावकलाई छोराको पत्र, ‘यसकारण तारामा भोट हाल्नुस्’

देशमा रहेका अभिभावकलाई छोराको पत्र, ‘यसकारण तारामा भोट हाल्नुस्’

देशमा चुनाव नजिकीएको छ । हामी धेरै नेपाली युवा बिदेशमा...

यसरी रहन सकिन्छ सधैं स्वस्थ र मस्त

यसरी रहन सकिन्छ सधैं स्वस्थ र मस्त

जीवनभर रोगबाट मुक्त रहन, व्यक्तिहरूले स्वस्थ आहार, नियमित शारीरिक गतिविधि,...

राजनीतिमा उभयचर प्रवृत्ति र गद्दारहरू

राजनीतिमा उभयचर प्रवृत्ति र गद्दारहरू

कुनै समय नेपालको राजनीतिमा विशेषगरी कम्युनिस्ट धारमा, “गद्दार” भन्ने शब्द...

यसकारण ताराले जित्नुपर्दछ काठमाडौँमा

यसकारण ताराले जित्नुपर्दछ काठमाडौँमा

पौष र माघको जाडो छिचोल्दै देश अब लगभग चुनावी गर्मीले...

आईटी हब बन्दै नेपालः पुराना कानुन बदल्न र स्टार्टअप प्रवद्र्धन गर्न ‘घर-दैलो’ यात्रा सुरु

आईटी हब बन्दै नेपालः पुराना कानुन बदल्न र स्टार्टअप प्रवद्र्धन गर्न ‘घर-दैलो’ यात्रा सुरु

काठमाडौं । पछिल्ला केही वर्षहरूमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र...

स्वतन्त्र भनिएको सरकार नै रास्वपाको, देश जलाएको जिम्मा किन लिएनन् ?

स्वतन्त्र भनिएको सरकार नै रास्वपाको, देश जलाएको जिम्मा किन लिएनन् ?

काठमाडौं । तत्कालिन खड्गप्रसाद ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द...