back
CTIZAN AD

कविता : मानव

वि.सं.२०८२ माघ १० शनिवार

753 

shares

कविराज घिमिरे
चाँगुनारायण, भक्तपुर

डाह छ मनमा भित्र अनेकौँ
धन धन भन्दै फनफन घुम्छौँ
मानव हामी छौँ पशुजस्ता
भिन्न हुने नै छैन अवस्था ।। १

घात गरेका हात यहीँ छन्
क्रोध भरेका माथ यहीँ छन्
आशय रोगी कदम कदममा
छैन सहजता कतै बदनमा ।। २

जपना हरिको काम छ खट्टा
गुरुवर सँगमा गर्नुछ ठट्टा
मै छु बढेको भन्दछ माथि
तौल घटेको ढाक्छ नढाँटी ।। ३

मित्रहरूमा छन् अपघात
वृद्धहरूको छोड्दछ साथ
बालकप्रति झन् गर्छ उपेक्षा
मानवबिचमा छन् अपशिक्षा ।। ४

मानवले अब धैर्य गरेर
चिन्तन गर्नुछ सभ्य भएर
यो पृथ्वीमा मानवतुल्य
छैन अरू ता जीवन पूज्य ।। ५

छन्द ः पादाकुलक ( १६ मात्रा )

वि.सं.२०८२ माघ १० शनिवार ०९:३४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...