back
CTIZAN AD

कविता : ओली काका जिन्दावाद

वि.सं.२०८२ माघ १० शनिवार

936 

shares

हिरा भट्ट ‘बदमास नम्बर दुई’
पञ्चेश्वर–६, बैतडी

कुस्मा बेनी भिरभिर हुँदै पोखरा जान्छ रेल
भ्रष्टाचारी मुख अलप छन् देशमा छैन जेल
बोको ब्यायो अब मुलुकमा के कुरो ब्याउने हो
ओली काका भन अब नयाँ के कुरो ल्याउने हो
।१।

कर्णालीमा तुइन नहुँदा चल्छ पानीजहाज
हुर्की अग्लो रुख मरिचको फल्न थालेछ आज
राँगो ब्यायो अब मुलुकमा के कुरो ब्याउने हो
ओली काका भन अब नयाँ के कुरो ल्याउने हो
।२।

धारा खोल्दा अब घरघरै पाइपे ग्यास झर्छ
हावाबाटै झलल बिजुली गाउँमा रश्मि छर्छ
साँढे ब्यायो अब मुलुकमा के कुरो ब्याउने हो
ओली काका भन अब नयाँ के कुरो ल्याउने हो
।३।

खोलाजस्तै सबतिर बग्यो देशमा रोजगारी
मस्ती गर्दै सकल जनता डुल्दछन् सिन्धुपारि
मत्ता ब्यायो अब मुलुकमा के कुरो ब्याउने हो
ओली काका भन अब नयाँ के कुरो ल्याउने हो
।४।

लेख्दालेख्दै जब कलममा हास्यले हाम फालिन्
हाँस्दै होलान् कवि र कविता भारती हाँस्न थालिन्
भाले ब्यायो अब मुलुकमा के कुरो ब्याउने हो
ओली काका भन अब नयाँ के कुरो ल्याउने हो
।५।
छन्द : मन्दाक्रान्ता
गण : म – भ – न – त – त – गु – गु
गण सङ्केत : SSS – SII – III – SSI –  SSI – S – S

वि.सं.२०८२ माघ १० शनिवार ०९:२५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...