back
CTIZAN AD

कविता : सभ्य नारी

वि.सं.२०८२ माघ १० शनिवार

1K 

shares

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’
बट्टार, नुवाकोट

सर्व नारी पोख्न सक्छन् शिल्प जुक्ती जाँगर ।
रोक्न सक्छन् ती नराम्रा भ्रष्ट बानी आखिर ।।
धर्न सक्छन् बुद्धि उम्दा गर्न सक्छन् साधना ।
सभ्य नारी गर्न सक्छन् देश हाँस्ने सिर्जना ।। १

शारदा राधा उमाझैँ सर्व नारी नम्य हुन् ।
शक्तिका आदर्शका ती सभ्यताका मूल हुन् ।।
आजका नारीहरूले शुद्ध पारून् भावना ।
सभ्य नारी गर्न सक्छन् देश बोक्ने सिर्जना ।। २

ढङ्ग चाला कर्म राम्रा धर्दछन् नारी भने ।
बोधमा सन्मार्गमा ती व्यस्त छन् ज्यादा भने ।।
गर्न सक्छन् ती विकासे दीप बाल्दै प्रार्थना ।
सभ्य नारी गर्न सक्छन् देश आँक्ने सिर्जना ।। ३

खट्दछन् छोरी बुहारी गेहमा सिङ्गो देशमा ।
एकतामा जुट्न सक्छन् मातृ दुर्गा भेषमा ।।
मातृका छोरी वधूका छन् अनौठा वन्दना ।
सभ्य नारी गर्न सक्छन् देश बन्ने सिर्जना ।। ४

साथ पाए आज नारी बन्न सक्छन् मालिका ।
साँच्चिकै नारी भवानी बन्न सक्छन् चण्डिका ।।
आज नारी तुच्छ ठान्ने त्यो नहोस् है गर्जना ।
सभ्य नारी गर्न सक्छन् देश हाँक्ने सिर्जना ।। ५

छन्द : मेनका
गण : र – त – म – य – र
सङ्केत :SIS –  SSI  –  SSS  – ISS  – SIS

विश्राम : ८ र ७ मा = १५ अक्षर

वि.सं.२०८२ माघ १० शनिवार ०९:५३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...