back
CTIZAN AD

कविता : बनिन्छ देश स्वर्ग झैँ

वि.सं.२०८२ माघ १० शनिवार

1.1K 

shares

घनश्याम पौडेल, पोखरा

हिमाल खेल्छ तालमा, पिएर स्वच्छ वायु यो
रहे त सुग्घरी धरा, करोड वर्ष आयु हो ।
हरेक चीज बीजमा, मिलाबटी छ औषधि
किनेर ल्याउँदा यसै, सकिन्न खान राम्ररी ।१।

बिषादि हुन्छ सागमा, झनै बिषाक्त तेलमा
अमूल्य भन्नु जिन्दगी, बहन्छ भेल खेलमा ।
हुँदैन गन्ध पुष्पमा, उभार हुन्छ वाष्पको
भनिन्छ पौष माघमा,भएछ ताप ग्रीष्मको ।२।

अनेक जुक्ति लाउँछन्, प्रयोग गर्नमा धरा
खनिन्छ सर्ब ठाउँमा, सुकेर जान्छ कन्दरा ।
बिकास नाम पार्दछन्, बिनास गर्दछन् अति
स्थलीय जीव जन्तुमा, हुनेछ औधि नै क्षति ।३।

रहेन शुद्ध स्वासमा, न शुद्ध अस्पतालमा
डुलेछ गिद्ध लासमा, यहाँ हरेक सालमा ।
बिशुद्ध काम गर्दछौँ, भनिन्छ यत्रतत्र नै
हरेक साल फेरिने, छ कर्मकाण्ड पत्र झैँ ।४।

बिकासशील राष्ट्रको,उही छ हाल आखिर
दिए त खाउँला भनी, ,कुरेर बस्न माहिर ।
बतास छैन शुद्ध त्यो, मिलेछ धेर कार्वन
लुटेर बन्दछन् धनी, गरेर मात्र आर्जन ।५।

फुटेर हुन्न लौ सबै, जुटेर लाग्नु पर्दछ
’हुदैन भन्नु’’सोच त्यो,अवश्य त्याग्नु पर्दछ ।
उपाय अन्य लाख छन्,बसेर खोज लौ अब
गरेर देखियो भने, हुनेछ राष्ट्र सौरभ ।६।

हुँदैन काममा ढिला, गरिन्छ थालनी भने
हुनेछ काम दूर त्यो,ढिला र सुस्त गर्दिए ।
हरेक गाउँठाउँमा, सचेतना बढाउँदै
लिएर बाल बालिका,जगाउँदै पढाउदैँ ।७।

जुरूक्क उठ्नु हे युवा, बनिन्छ देश स्वर्ग झै
हराभरा बनाउने, बसिन्छ कर्म सम्झदै ।
जुटेर एक आपसी, हिताय हुन्छ सर्बको
बसेर यही भूमिमा, लिईन्छ ताप स्वर्गको ।८।

छन्द : पञ्चचामर
गण : ज – र – ज – र – ज – गु
सङ्केत-ISI – SIS – ISI – SIS – ISI – S

वि.सं.२०८२ माघ १० शनिवार १०:०१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...