back
CTIZAN AD

गजल

वि.सं.२०८२ माघ १० शनिवार

1.3K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ
बुढानिलकण्ठ, काठमाडौँ

झुटका तमासा आफैँ हराऊन्
सद्भाव माया आस्था जगाऊन्

मौरी बनेरै बस्नेछु जहिल्यै
खुब रानु बन्दै बास्ना चढाऊन्

सम्मान होस् सज्जनको धरामा
सुनमा लुकेका पित्तल लजाऊन्

मिल्नै नपर्ने देख्यौँ मिलेका
यो देश सबले मिल्दै बनाऊन्

सद्ज्ञान सबले पाए हुने हो
अज्ञान फाली जीवन चलाऊन्

बहर : मुतकारिब मुसम्मन असलम
अर्कान : फैलुन्, फऊलुन्, फैलुन्, फऊलुन्
वजन :–ल २२–१२२ –२२ –१२२
काफिया : आऊन्
रदिफ :०
अभ्यास : परिश्रमी पाठशाला

 

वि.सं.२०८२ माघ १० शनिवार १०:१० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...