back
CTIZAN AD

गजल

वि.सं.२०८२ माघ १० शनिवार

1.4K 

shares

पुष्पाञ्जलि, इलाम

सुधाको बोतलभित्र पानी रहेछ
म सोच्थेँ पवन हो सुनामी रहेछ

निको हुन्छ तनमा भए घाउ पोल्ने
विगत बल्झिँदै दुख्ने छाती रहेछ

कहाँ हुन्छ जीवन सधैँ एकनासे
कतै शर कतै टेक्न राडी रहेछ

परेँ भर म जसको गरी बन्द आँखा
उही मनको कालो फरेबी रहेछ

सबै खोस्न खोज्छन् पुरस्कार मेरो
भए जित दिने मात्र ताली रहेछ

बहर मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् , फऊलुन् , फऊलुन्, फऊलुन्
अर्कानः १२२ – १२२ – १२२ – १२२
काफिया : ई
रदिफ : रहेछ
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ माघ १० शनिवार १०:२५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...