back
CTIZAN AD

गजल

वि.सं.२०८२ माघ १० शनिवार

1.1K 

shares

जीवन निरौला,अमेरिका

कसले लगायो आँखा अचानक
फेर्दै छ दुस्मन वाचा अचानक

देखेर रोदन जिउँदाहरूको
हाँस्यो मुसुक्क मुर्दा अचानक

दिलको कुनामा बस्नेहरूले
टेकेर भागे माथा अचानक

जिस्किन्छ आगो पानीअगाडि
पर्नेछ सायद फेला अचानक

मेरो कहानी पोख्ने कलमले
पोखेछ आफ्नै पीडा अचानक

परदेशभन्दा घरदेश प्यारो
सम्झेर रोएँ आमा अचानक

बहर : मुतकारिब मुसम्मन असलम
वजन : २२ – १२२ –२२ – १२२
काफिया : आ (स्वर)
रदिफ : अचानक
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८२ माघ १० शनिवार १०:३० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...