back
CTIZAN AD

प्रचार सामग्री बनाउन व्यवसायीलाई चटारो

वि.सं.२०७४ असार १ बिहीवार

861 

shares

१ असार, दाङ । दोस्रो चरणको आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको प्रचार सामग्री बनाउन यहाँका व्यवसायीलाई चटारो छ ।

निर्वाचन आउन झन्डै दुईहप्ता मात्र बाँकी रहँदा उनीहरुलाई राजनीतिक दलको झन्डा, उम्मेदवारको नाम र टिसर्ट, ब्यानर, प्रचार पम्फ्लेट बनाउन चटारो रहेको छ । दाङको घोराही, तुलसीपुर, लमहीका क्लर ल्याब, छापाखाना र स्क्रिन सेन्टरमा व्यवसायीले रातदिन लगाएर निर्वाचन सामग्री बनाउन लागिपरेका छन् ।

तुलसीपुरस्थित इन्दे्रणी कलर ल्याबका सञ्चालक सुदीप खड्काले दोस्रो चरणको निर्वाचन घोषणा भएदेखि निर्वाचनसम्बन्धी सामग्री बनाइरहेको बताउनुभयो । “केही दिनदेखि कामको चाप बढेको छ । रातिसम्म काम गर्छौं”, उहाँले भनुभयो ।

त्यसैगरी, व्यवसायीले दैनिक उम्मेदवार र विभिन्न पार्टीका झन्डा, टिसर्ट र व्यानर बनाउन आउने गरेको व्यवसायी हरि डाँगीले बताउनुभयो । एउटा झन्डाको रु २५ देखि रु ११०, टिसर्टको रु १७० देखि रु २५० मूल्य पर्ने गरेको छ । रासस

वि.सं.२०७४ असार १ बिहीवार ०४:०४ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...