back
CTIZAN AD

सातौँ झापा गोल्डकपः उद्घाटन खेलमा झापा-११ र नेपाल पुलिस भिड्ने

वि.सं.२०८२ माघ १९ सोमवार

648 

shares

झापा । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुने ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप’ (विनोद बस्नेत स्मृति संस्करण) को खेल तालिका आज सार्वजनिक गरिएको छ ।

आयोजक झापा गोल्डकपले यही माघ २४ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल १० टोलीको सहभागिता रहनेछ । जसमा माघ २५ गते दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् । तालिकाअनुसार माघ २६ गते पहिलो क्वाटर फाइनलमा उद्घाटन खेलको विजेताले सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबको सामना गर्नेछ भने माघ २७ गते दोस्रो क्वाटर फाइनलमा दोस्रो दिनको विजेता र पोखराको लालीगुराँस एसोसिएसनबीच प्रतिस्पर्धा उनले बताए ।

यसैगरी, माघ २८ गते तेस्रो क्वाटर फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भूटानको रोयल थिम्पु कलेज तथा माघ २९ गते अन्तिम क्वाटर फाइनलमा मच्छिन्द्र फुटबल क्लब र मलेसियाको एन पेनाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने उनले जानकारी दिए । प्रतियोगिताको सेमिफाइनल खेल फागुन १ र २ गते हुनेछ भने फाइनल खेल फागुन ४ गते हुने तय गरिएको छ ।

प्रतियोगिताको विजेताले नगद रु १५ लाख र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले रु सात लाख ५० हजार पाउने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिए । व्यक्तिगत विधातर्फ, सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको एक थान मोटरसाइकल प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, प्रशिक्षक र उच्च गोलकर्ताले नगद रु ३५ हजार पाउनेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले नगद रु २५ हजार हात पार्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स रहेको छ ।

वि.सं.२०८२ माघ १९ सोमवार १२:१७ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...