back
CTIZAN AD

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

वि.सं.२०८२ माघ २१ बुधवार

303 

shares

दुबई, संयुक्त अरब इमिरेट्स। इरानका राष्ट्रपति मासउद पेजÞेश्कियनले देशका विदेशमन्त्रीलाई अमेरिकासँग ‘निष्पक्ष र समान वार्ता’ अगाडि बढाउन निर्देशन दिनुभएको छ । त्यसैबीच, अमेरिकी नौसेनाले एक इरानी ड्रोन माथि आक्रमण गरेको छ, जसले अमेरिकाको विमानवाहक पोत नजिक उडान भरेको थियो । इरानी क्रान्तिकारी गार्डका तीव्र गतिका डुङ्गाहरूले पनि ‘स्ट्रेट अफ होर्मुज’मा अमेरिकी झण्डा बोकेको जहाजलाई रोक्ने प्रयास गरेका थिए ।

अमेरिकी व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भने, “राष्ट्रपति ट्रम्प सँधै कूटनीतिक उपायमा विश्वास गर्नुहुन्छ, तर सफल वार्ताका लागि दुवै पक्ष तयार हुनुपर्छ ।” अमेरिकी विशेष दूत स्टिभ विटकफ यसै साता टर्कीएमा इरानी अधिकारीसँग वार्ता गर्ने तयारीमा छन् ।

इरानी राष्ट्रपति पेजÞेश्कियनको यो कदमले उहाँले सर्वोच्च नेता आयतुल्लाह अली खमेनीको समर्थन पाएका देखाएको छ । टर्कीएले वार्ता आयोजना गर्न पहल गरिरहेको छ भने ओमान, पाकिस्तान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्रीहरूलाई पनि वार्तामा सहभागी हुन आमन्त्रण गरिएको छ ।

वार्ताको भविष्य
इरान र अमेरिकाबीच वार्ता मुख्य रूपमा न्यूक्लियर मुद्दामा केन्द्रित रहनेछ। इरानी सल्लाहकार एली शामखानीले भने, “इरानले परमाणु हतियार कहिल्यै चाहँदैन, तर यसको बदलामा अन्य पक्षले मूल्य तिर्नुपर्छ ।”(रासस/एपी)

वि.सं.२०८२ माघ २१ बुधवार १४:२४ मा प्रकाशित

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

काठमाडौँ । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र...

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर (रौतहट) । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले...

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक एवं पूर्वप्रधानमन्त्री...

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

काठमाडौँ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...