back
CTIZAN AD

चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप

वि.सं.२०८२ माघ २१ बुधवार

645 

shares

चितवन । जिल्लाका छ हजार ७६८ बालिकाहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप लगाइने भएको छ । यहाँका ७२५ वटा विद्यालय र ११४ स्वास्थ्य केन्द्रबाट ती बालिकाहरुलाई खोप दिन लागिएको हो ।

जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार खोपका लागि आवश्यक भ्याक्सिन आइसकेको छ । उनले भने, “खोप लगाउनका लागि आवश्यक सात हजार भ्याक्सिन आइसकेको छ”, १० देखि १४ वर्षका किशोरीहरुलाई यो खोप दिन लागिएको हो । कक्षा ७ देखि १० कक्षासम्मका किशोरी र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई ती खोप केन्द्रबाट खोप दिइने उनले बताए । माघ २५ गतेदेखि फागुन १ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोपका लागि चितवनमा बाहिरी खोप केन्द्र सञ्चालन गर्न आवश्यक नरहेको उनले बताए । खोप लगाउने अभियानको तयारीका सम्बन्धमा आज आयोजित जिल्लास्तरीय खोप समन्वय समितिको बैठकले चितवनमा बाह्य खोप केन्द्र आवश्यक नभएको निष्कर्ष निकालिएको हो । घिमिरेका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहको वडास्तरमै खोप केन्द्र भएकाले बाह्य केन्द्र आवश्यक नभएको हो । उनले भने, “हामीसँग आफ्नै खोप केन्द्र छन् । हरेक विद्यालयमा गएर खोप दिने योजना छ । जिल्लामा बाह्य खोप केन्द्र आवश्यक छैन ।” अभियानमा ३२५ खोप कार्यकर्ता र ३२५ स्वयंसेवक परिचालन गरिने छ ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र बकुलर अस्पतालका प्रमुख डा अङ्कित पौडेलले नेपालमा पाठेघरको क्यान्सरका कारण मृत्यु हुने महिलाको सङ्ख्या बढ्दै गएको अवस्थामा यो खोप अनिवार्य रहेको बताए । यस अभियानलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको उनीहरुले बताए ।

वि.सं.२०८२ माघ २१ बुधवार १४:१८ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...