back
CTIZAN AD

आईएमई लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

वि.सं.२०८२ माघ २५ आइतवार

288 

shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्सद्वारा बैंककमा आयोजित “इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड” कार्यक्रममा कम्पनीले तीन विधामा अवार्ड जित्दै नेपालको बीमा क्षेत्रको प्रतिष्ठा उकास्न सफल भएको हो ।

कम्पनीले “द बेस्ट कस्टमर ओरिएन्टेड कम्पनी”, “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज” तथा “वुमेन इन इन्स्योरेन्स लिडरशिप” विधामा अवार्ड प्राप्त गरेको जनाएको छ । ग्राहक केन्द्रित सेवा, बीमा पहुँच विस्तारका नवीन रणनीति तथा बीमा नेतृत्वमा महिलाको सशक्त सहभागितालाई मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

अन्तर्राष्ट्रिय निर्णायक मण्डलले कम्पनीको सेवा प्रवाह, नवप्रवर्तनकारी योजना, डिजिटल प्रविधिको प्रयोग तथा सहभागितामूलक नेतृत्वको उच्च मूल्याङ्कन गरेको थियो । यस अवार्डले कम्पनीको विश्वसनीयता अभिवृद्धि गर्नुका साथै दक्षिण एसियाली बीमा बजारमा नेपाललाई थप चिनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काले सहभागिता जनाउँदै बीमा क्षेत्रमा डिजिटल रूपान्तरण, ग्राहक सेवा विस्तार र उद्योगका चुनौतीबारे आफ्नो धारणा राखेका थिए । उनले प्राप्त सम्मानले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रेरणा मिलेको बताए ।

कम्पनीले बीमा सचेतना अभिवृद्धि, आधुनिक प्रविधिमार्फत सेवा विस्तार तथा समावेशी नेतृत्व विकासलाई आगामी रणनीतिक प्राथमिकतामा राख्दै अघि बढ्ने जनाएको छ ।

वि.सं.२०८२ माघ २५ आइतवार १६:१३ मा प्रकाशित

काठमाडौँमा शान्तिपूर्ण रुपमा मतदान जारी

काठमाडौँमा शान्तिपूर्ण रुपमा मतदान जारी

काठमाडौँ । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण...

नेपाली कांग्रेसका सभापति थापाद्वारा मतदान

नेपाली कांग्रेसका सभापति थापाद्वारा मतदान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर...

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

काठमाडौँ । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र...

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर (रौतहट) । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले...

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक एवं पूर्वप्रधानमन्त्री...

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

काठमाडौँ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...