back
CTIZAN AD

बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा अत्याधुनिक आइशर थ्रीएस फ्यासिलिटी सञ्चालन

वि.सं.२०८२ माघ २५ आइतवार

738 

shares

इटहरी । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा. लि. ले सुनसरीको रामधुनी नगरपालिका–तित्रिवनमा अत्याधुनिक आइशर 3S (Sales, Service & Spares) फ्यासिलिटी सञ्चालनमा ल्याएको छ। यससँगै कम्पनीले पूर्वी नेपालमा कमर्शियल गाडीको बिक्री तथा आफ्टर सेल्स सर्भिसलाई नयाँ उचाइमा पुर्‍याएको छ।

नव उद्घाटित फ्यासिलिटीको उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापा, एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, बतास एमएडब्लू कमर्शियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्त राज बतास तथा VE कमर्शियल भेहिकल्सका वरिष्ठ उपाध्यक्ष अमन अरोरालगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

दक्ष प्राविधिक जनशक्ति, आधुनिक डायग्नोस्टिक उपकरण र पूर्ण रूपमा सुसज्जित स्पेयर पार्ट्स सेन्टरसहित सञ्चालनमा आएको यस 3S फ्यासिलिटीले छिटो सेवा, सवारीको अधिकतम अपटाइम र भरपर्दो ग्राहक अनुभव सुनिश्चित गर्ने विश्वास लिइएको छ।

कार्यक्रममा बोल्दै अतिथिहरूले यो फ्यासिलिटी केवल डिलरशिप मात्र नभई पूर्वी नेपालको ढुवानी तथा व्यावसायिक यातायात क्षेत्रका लागि महत्वपूर्ण पूर्वाधार भएको उल्लेख गरे। स्थानीय रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार र ग्राहक–केन्द्रित सेवामा यसको योगदान उल्लेखनीय हुने अपेक्षा गरिएको छ।

भोल्भो–आइशर र बतास एमएडब्लूको सहकार्यमा सञ्चालनमा आएको यस केन्द्रले पूर्वी नेपालका यातायात व्यवसायी, फ्लीट अपरेटर तथा ग्राहकहरूलाई गुणस्तरीय सेवा अझ नजिकबाट उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।

 

वि.सं.२०८२ माघ २५ आइतवार १७:१२ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...