आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा सदस्य निर्वाचन प्रचार (प्रसारको पहिलो चरण सम्पन्ने गरी राजनीति दल तथा स्वतन्त्र उमेदवारहरू दोस्रो चरणको प्रसार- प्रसारमा जुटेका छन्।पहिलो चरण अन्तर्गत पार्टी संगठनका बैठक लगायत घरदैलो भेटघाटका कार्यक्रम सम्पन्न गरेका राजनीतिक दल तथा उमेदवारहरू कोणसभा तथा जनसभाका कार्यक्रमको तयारीमा छन्। फागुन महिनाको चार गते भालेको डाँको र सूर्यको किरणसँगै चुनावी सभामा जाने तयारी गरेका राजनीतिक दलहरूले जनताको मन र मत जित्नन चुनावी प्रतिवद्दतापत्र समेत सार्वजनिक गरेका छन र गर्ने क्रममा रहेका छन।अहिलेको निर्वाचनमा यथास्थितिवादी शक्ति, परिवर्तनको पक्षधर शक्ति र एजेण्डाविहिन लोकप्रियतावादी शक्ति गरी तिनवटा शक्तिहरू निर्वाचनको मैदानमा होमिएका छन र मुख्य प्रतिस्पर्धा पनि यिनै शक्तिहरूका बीच हुने देखिन्छ।
“सुशासन र रोजगारी, समाजवादको तयारी” भन्नेु मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र सहित खडा भएको नेपाली कम्युनिष्ट पार्टीमा जनताको आकर्षण बढ्नुका पछाडी यसको नेतृत्व, उमेदवारको छवी र जनविश्वा स नै हो।
पहिलो चरणको प्रसार(प्रसार र निर्वाचनको तयारीलाई मध्येनजर गर्दा यथास्थितीवादी दलहरू अर्थात नेपाली काँग्रेस र एमालेका विरूद्दमा जनमत खडा भइरहेको छ भने लोकप्रियतावादको साहारा लिइरहेका राजनीतिक दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम सँस्कृति पार्टीको लोकप्रियता पनि दिनप्रतिदिन खस्कदो छ।यो निर्वाचनले २२ वटा कम्युनिष्ट घटक तथा समाजवादी घटकहरूको एकिकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टीको आत्मबल भने बढाएको छ। “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्नेु मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र सहित खडा भएको नेपाली कम्युनिष्ट पार्टीमा जनताको आकर्षण बढ्नुका पछाडी यसको नेतृत्व, उमेदवारको छवी र जनविश्वा स नै हो।
मतदाताको आकर्षण नेकपाको तारा चिन्हामा किन ?
यस निर्वाचनमा मतदाताहरूको आकर्षण नेकपाप्रति देखिएको छ।रास्वपा, श्रम सँस्कृति पार्टी, उज्यालो नेपाललगायतका पार्टीहरूले आफुलाई परिवर्तनको बाहक भनिरहदा आम मतदाताले नेकपालाई विचार सहितको नयाँ पार्टीको रूपमा किन स्थापित गर्देछन, यहाँ विश्लेकषण गर्न खोजिएको छ।
इतिहासमा कहिल्यै कसैका सामु नझुकेको नेपाल निर्वाचन केन्द्रीत बाह्यइ राष्ट्रहरूको चलखेलका कारण कतै देश युक्रेन, बंगलादेश, श्रीलंका बन्ने् त होइन, लोकप्रियताका नाममा भोलोदिमिर जेलेन्स्कीहरू जन्मने त होइनन् भन्ने् चिन्ताले ग्रसित बनेको देखिन्छ।आम मतदाताहरूको नेपाल राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको रक्षा नेकपाबाहेक अन्य राजनीतिक दलबाट हुन नसक्ने ठम्याई रहेको छ।
सुशासन र रोजगारी, समाजवादको तयारीका लागिः
नेपाली जनताले गरेको महान दश वर्षे जनयुद्ध र त्यसको जगमा भएको दोस्रो जनआन्दोलनले सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प गरेको छ।सदियौंदेखि वर्गीय, जातीय, क्षेत्रिय, भाषिक, धार्मिक, लैंगिक विभेद र जातीय छुवाछूतबाट पिल्सिएका जनतालाई मुक्ति दिलाएको नेतृत्व सामु मुलुकलाई समाजवाद उन्मुख बनाउने दायित्व रहेको छ।यसप्रकारको महान कार्य जनयुद्द र जनआन्दोलनको नेतृत्व गरेको पार्टी र नेतृत्व बाहेक अरूबाट संभव छैन।
स्वाधीन र समृद्ध नेपाल निर्माणका लागिः
नेपाली जनताको चाहाना स्वाधीन र समृद्ध नेपालको स्थापना हो। अहिले मुलुकमा जुन प्रकारका बाह्यन हस्तक्षेपकारी गतिविधिहरू बढेका छन त्यसबाट आम नेपाली जनता त्रसित छन। इतिहासमा कहिल्यै कसैका सामु नझुकेको नेपाल निर्वाचन केन्द्रीत बाह्यइ राष्ट्रहरूको चलखेलका कारण कतै देश युक्रेन, बंगलादेश, श्रीलंका बन्ने् त होइन, लोकप्रियताका नाममा भोलोदिमिर जेलेन्स्कीहरू जन्मने त होइनन् भन्ने् चिन्ताले ग्रसित बनेको देखिन्छ।आम मतदाताहरूको नेपाल राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको रक्षा नेकपाबाहेक अन्य राजनीतिक दलबाट हुन नसक्ने ठम्याई रहेको छ।
राजनीतिक स्थिरताका लागिः
जनताको चाहाना लोकतन्त्रको विकास र सुदृढीकरण हो।नेपालमा सदियौंदेखि जरा गाडेर रहेको सामन्ती, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले गरेका शोषण र वर्गीय उत्पीडनबाट मुक्ति माओवादी जनयुद्दका कारण नै भएको हो। अहिले मुलुक प्रचण्डपथिय विचारधारा अर्थात संघियता र गणतन्त्रको महान यात्रामा छ। राजनीतिमा जसको निति उसैको नेतृत्व हुन्छ। यसका साथै हिजो आफुलाई देशकै ठ्रला शक्ति दावी गरेका राजनीतिक दल काँग्रेस र एमालेको गठबन्धनबाट बनेको सरकारले जुनप्रकारले सुशासनका विरूद्ध भ्रष्टाचारलाई प्रश्रय दियो, जसका कारण मुलुक तहस नहस हुने परिस्थिति बन्यो, अल्पसमयमै संसदको निर्वाचन हुने परिस्थिति सिर्जना भयो।यस कारण पनि राजनीतिक स्थिरताका लागि नेकपाको परिपक्व र सुझबुझको नेतृत्व आवश्यक महसुस भयो।
नयाँ चरणको आर्थिक सुधारका लागिः
मुलुकको जनसंख्याको ठुलो हिस्सा अहिले पनि गाँस, बास र कपासको समस्याबाट ग्रसित छ।गरिविको चपेटामा परेका आम नागरिकहरू खाध अभाव, कुपोषण वा अल्पपोषणको अवस्थाबाट ग्रसित छन।गरिविका कारण बालबच्चाहरू विधालयसम्म जान सकेका छैनन।गर्भवती, सुत्केरी, बालबालिका र वृद्धवृद्धाहरू पोषणको अभावले जिवनमरणको दोसाँधमा रहेका छन।यसप्रकारको कहाली लाग्दो आर्थिक अवस्थाको अन्त्य र नयाँ चरणको आर्थिक विकासका लागि जनताले नेकपालाई नै रोज्ने अठोट गरेको पाइन्छ।
राज्यको शासकिय स्वरूपमा सुधारका लागिः
राष्ट्रिय स्वाधीनतालाई राजनीतिक, आर्थिक र नीतिगत आत्मनिर्णयसहित सुदृढ गर्दै वैदेशिक हस्तक्षेप तथा परनिर्भरताको अन्त्य गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र विकास तथा संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँड सुस्पष्ट गर्ने कार्य नेकपाबाट मात्र संभव छ।बच्चा जन्माउने आमालाई मात्र बच्चाको मायाँ लाग्छ, अरूलाई होइन भनेझै सिंहदरवारको अधिकार गाउँसम्म पुर्याबउने दल भएका कारण र नेपालको संविधान निर्माणका क्रममा नेपालको शासकिय स्वरूपमा फरक मत राख्दै जनताले आफ्नो सरकार प्रत्यक्ष गठन गर्न पाउन पर्ने मान्यता अनुरूप प्रत्यक्ष कार्यकारीको निर्वाचन प्रणालीको लागि नै नेकपा उपर्युक्त पार्टी देखिन्छ।
निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउनका लागिः
विधमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले यसले भ्रष्टाचारलाई बढवा दिएको छ।यसले कमजोर आर्थिक तथा सामाजिक अवस्था भएका आम नागरिकलाई निर्वाचनमा भाग लिन असमर्थ बनाएको छ। निर्वाचन प्रणालीमा सुधार नगर्ने हो भने निर्वाचन केवल सम्पन्न , पुँजिपतीका लागि मात्र हुनेछ, असमानताको खाडल झन बढ्न जानेछ। वर्तमान निर्वाचन प्रणालीबाट एकै पार्टीले बहुमत प्राप्तह गरी पाँच वर्षसम्म सरकार चलाउने संभावना न्यून रहेकाले नेपाली जनताले इतिहासका विभिन्नम कालखण्डमा गरेको संघर्ष, बलिदान तथा पछिल्लो नवयुवा पुस्ताको मर्मअनुसार राजनीतिक स्थिरता कायम गर्नका लागि पनि नेकपा नै उपर्युक्त पार्टी भएको आम मतदाताको ठम्याइ रहेको पाइन्छ।
भ्रष्टाचारमा शुन्य सहनशीलताका लागिः
नेकपाले उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गरी भ्रष्टचारमा सुन्य सहनशीलताको नीति अपनाउने भनेको छ।प्रचण्डको नेतृत्वमा बनेको सरकारले सुरूवात गरेको भ्रष्टाचार विरूद्धको अभियानका कारण तत्कालिन सरकार ढालिएको यथार्थ आमजनता सामु छर्लङ्ग नै छ।भुटानी शरणार्थी काण्ड, भिजिट भिसा काण्ड, बाँसवारी काण्ड, यति, ओम्नी काण्डलगायत दर्जनौं मुद्दाहरूको छानविन अगाडि बढिरहेको समयमा भ्रष्टाचारबाट बच्न काँग्रेस र एमालेले प्रचण्ड नेतृत्वको सरकार ढालेको देखेका मतदाताहरूले भ्रष्टाचारमा शुन्य सहानीलताका लागि पनि नेकपालाई तारा चिन्हेमा मतदान गर्नुपर्ने ठम्याएका छन।
जसको नीति उसैको नेतृत्वः
आम मतदाताले जनताको सच्चा सेवकका रूपमा नेकपालाई हेरेका छन।बुद्दिजिवी, किसान, श्रमिक, पेशाकर्मीलगायत आमनागरिकको दोस्रो रोजाइमा नेकपा छ। काँग्रेस, एमाले, रास्वपा जस्ता दलका नेतृत्वलाई सोध्दा पनि आफु पछिको राम्रो त प्रचण्ड नै हो भन्नेम स्विकार गर्दछन।यसले पनि के पुष्टि गर्छ भने जसको नेतृत्व, उसैको नीति भएमात्र मुलुक समृद्ध र सुखी हुन्छ।राप्रपाका नेताहरू राजेन्द्र लिंगदेन र रविन्द्र मिश्रले भनेजस्तो नीति प्रचण्डको, नेतृत्व अरूको भएका कारण नेपाल समृद्धिको अभियानमा पछाडि परेको हो।
जनताको सरोकारका विषयहरूले भरिएको प्रतिवद्धतापत्रः
नेकपाले शासकीय स्वरूपमा सुधार गर्दै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने, आर्थिक क्षेत्रमा आगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने, वेरोजगारी समस्या सामाधान गर्न वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने, कृषि क्षेको आधुनिकिकरणका लागि कृषि लगानी दशक घोषणा गर्ने, भूमिहीन सुकुम्वासी समस्या सामाधान गर्ने, स्वास्थ्य र शिक्षामा नागरिकको सहज पहुँच सुनिश्चिसत गर्ने लगायतका उपलब्धि हासिल गर्नका लागि नेकपा नै भरपर्दो पार्टीका रूपमा मतदाताले लिएको पाइन्छ।
महिलालाई पैतृक सम्पत्तिमा समान अधिकार, दलित समुदायका लागि विशेषाधिकार र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मताधिकारको सुनिश्चिितता गर्न, केरूङ्ग-काठमाण्डौं, काठमाण्डौं- पोखरा र काठमाण्डौं- लुम्बिनी रेलमार्गको निर्माण प्रक्रियालाई सुनिश्चिात गर्न, पूर्वपश्चििम रेलमार्ग निर्माण र काठमाण्डौंमा मेट्रोरेल तथा मोनोरेल निर्माण प्रक्रिया अगाडी बढाउन पनि नेकपाको तारा चिन्हमा मतदान गर्ने मतदाताहरूको ठहर रहेको देखिन्छ।
अन्त्यमा, मतदान दानहरूमा सबैभन्दा पवित्र र उच्च स्तरको दान हो।अरू दानहरूले व्यक्तिगत तथा पारिवारिक हित सोचिन्छ भने मतदान राष्ट्रिय हितसँग सम्बद्ध हुन्छ, जहाँ विचारको दान हुन्छ। मतदान गर्नु अधिकार हो त्यसैले यसलाई मताधिकार पनि भनिन्छ।सामाजिक सुरक्षा, भूमिसुधार र समावेशी प्रतिनिधित्वजस्ता मुद्दाहरू संवोधन गर्न, शिक्षा, स्वास्थ्य, उधोग र पूर्वाधारजस्ता क्षेत्रमा राज्यको भूमिकालाई सक्रिय बनाउन, श्रमिक र किसान केन्द्रीत नीति लागु गर्नका साथै राष्ट्रिय स्वाभिमान, स्वदेशी उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि नेकपाको तारा चिन्हमा मतदान गर्ने अपेक्षा रहेको छ।
वि.सं.२०८२ फागुन ४ सोमवार ०९:२६ मा प्रकाशित





























