back
CTIZAN AD

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

वि.सं.२०८२ फागुन ४ सोमवार

639 

shares

काठमाडाैँ । वहाकी माध्यमिक विद्यालय, विहादी गाउँपालिका–४, पर्वतले आफ्नो ६७औँ वार्षिकोत्सव तथा ५५औँ अभिभावक दिवस विविध कार्यक्रमसहित भव्यताका साथ मनाउने भएको छ ।

विद्यालयका शिक्षक नविन कुमार क्षेत्रीका अनुसार विद्यालयले फागुन ८ गतेदेखि १२ गतेसम्म सांस्कृतिक, शैक्षिक तथा खेलकुद कार्यक्रमहरूको आयोजना गरी उत्सव मनाउन लागेको हाे ।

वार्षिकोत्सवका अवसरमा फागुन ८ र ९ गते माध्यमिक विद्यालयस्तरीय छात्र रनिङ सिल्ड भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ भने फागुन ११ गते आधारभूत तह (कक्षा १–८) हाजिरी जवाफ प्रतियोगिता तथा आधारभूत तह (कक्षा १–५) लोकनृत्य प्रतियोगिता आयोजना गरिनेछ । यी तीनवटै प्रतियोगिता विहादी गाउँपालिकास्तरीय हुनेछन् । विजेताहरूलाई पुरस्कारको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

त्यसैगरी विद्यालयले आन्तरिक कार्यक्रमअन्तर्गत फागुन १० गते अन्तरसदनात्म छात्रा भलिबल प्रतियोगिता तथा प्राथमिक तहका लागि म्युजिकल चेयर प्रतियोगिता आयोजना गर्ने शिक्षक क्षेत्रीले बताए ।

उनले वार्षिक उत्सवको मुख्य दिन भलिबल प्रतियोगिताको फाइनल खेल, प्रभातफेरी, मूल समारोह उद्घाटन, वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत, शुभकामना मन्तव्य, सांस्कृतिक कार्यक्रम, समापन समारोह, जलपान तथा साँझको दीपावली कार्यक्रमसमेत सञ्चालन गरिने बताए ।

विद्यालयले स्थापनाकालदेखि नै क्षेत्रीय शिक्षा स्तर उकास्न र बालबालिकाको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको उल्लेख गर्दै यसले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्दै शिक्षा प्रणाली सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ ।

आगामी दिनमा पनि विद्यालयले थप सुधार र विस्तार गर्दै स्थानीय युवाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । पाण्डित्य अध्ययन गराउन विु.सं. १९४४ मा अनौपचारिक रुपमा सुरु भएको विद्यालयको औपचारिक स्थापना १०१६ सालमा स्थापना भएको थियो ।

वि.सं.२०८२ फागुन ४ सोमवार १७:०४ मा प्रकाशित

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकमा एक करोड चार लाख मतगणना

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार...

सुनचाँदीकोे मूल्य बढ्यो

सुनचाँदीकोे मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।...

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

भोजपुर । यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय...

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...