back
CTIZAN AD

व्यापार घाटाले जापानको आर्थिक वृद्धिमा दबाब

वि.सं.२०८२ फागुन ६ बुधवार

666 

shares

टोकियो । जापानले यस वर्षको जनवरी महिनामा १.१५ खर्ब येन (करिब ७.५ अर्ब अमेरिकी डलर) बराबरको व्यापार घाटा दर्ता गरेको छ । यो पछिल्ला तीन महिनामध्ये पहिलो व्यापार घाटा हो । बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्क अनुसार निर्यातमा उल्लेखनीय वृद्धि भए पनि आयातको कुल परिमाण उच्च रहेकाले समग्र व्यापार सन्तुलन घाटामा गएको हो ।

जापानको वित्त मन्त्रालयको प्रारम्भिक प्रतिवेदनअनुसार जनवरीमा निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.८ प्रतिशतले वृद्धि भई ९.१९ खर्ब येन पुगेको छ । यसअघि महिनामा निर्यात ५.१ प्रतिशतले बढेको थियो, जसको तुलनामा जनवरीको वृद्धि उल्लेखनीय रूपमा उच्च देखिएको छ । निर्यातमा भएको यो विस्तारले बाह्य बजारमा जापानी वस्तुहरूको माग सुदृढ रहेको सङ्केत गर्छ ।

यता, आयात भने वार्षिक आधारमा २.५ प्रतिशतले घटेर १०.३४ खर्ब येनमा झरेको छ । अघिल्लो महिनामा आयात ५.३ प्रतिशतले बढेको थियो । आयात घटे पनि यसको कुल आकार निर्यातभन्दा ठूलो रहेकाले व्यापार घाटा कायम भएको हो। ऊर्जा, कच्चा पदार्थ तथा उपभोग्य वस्तुहरूको आयात संरचनाले पनि व्यापार सन्तुलनमा प्रभाव पारेको जनाइएको छ ।

अर्थविश्लेषकहरूका अनुसार निर्यात वृद्धिले अर्थतन्त्रलाई केही हदसम्म टेवा दिए पनि विश्वव्यापी आर्थिक अवस्था, विनिमय दरको उतारचढाव तथा घरेलु मागको स्थितिले आगामी महिनाहरूमा व्यापार सन्तुलनमा थप प्रभाव पार्न सक्ने देखिन्छ । सरकारको आगामी आर्थिक नीतिले निर्यात प्रवद्र्धन र आयात व्यवस्थापनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा पनि चासो व्यक्त गरिएको छ ।(रासस\सिन्ह्वा)

वि.सं.२०८२ फागुन ६ बुधवार १६:५१ मा प्रकाशित

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण...

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र...