back
CTIZAN AD

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

वि.सं.२०८२ फागुन ६ बुधवार

651 

shares

काठमाडौँ । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट अन्तर्गतको द इन्टरनेशनल एजुकेसन ग्रुपले नेपालमा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डका विजेताहरू घोषणा गर्न पाउँदा हर्ष व्यक्त गरेको जनाएको छ । नोभेम्बर २०२४ र जुन २०२५ मा क्याम्ब्रिजको परीक्षा शृंखलामा नेपालका माध्यमिक तहका विद्यार्थीहरूको उत्कृष्ट शैक्षिक उपलब्धिको सम्मानस्वरूप यो अवार्ड प्रदान गरिएको हो ।

क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभल परीक्षामा नेपालका ४७ जना विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन् । उनीहरूमध्ये ४ जना विद्यार्थीले विश्वभर उच्च अंक प्राप्त गरेका छन् भने ३६ जनाले नेपालभित्र एकल विषयमा सर्वाधिक अंक ल्याएका छन् । विश्वका ४० भन्दा बढी देशमा Cambridge International Education ले सञ्चालन गर्ने परीक्षामा सहभागी विद्यार्थीहरूले हासिल गरेको सफलतालाई आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड कार्यक्रममार्फत सम्मान गरिँदै आएको छ । क्याम्ब्रिजबाट प्राप्त योग्यताले विश्वविद्यालय तहको अध्ययन तथा त्यसपछिका पेशागत र व्यावसायिक कार्यका लागि आवश्यक सीप प्रदान गर्ने गर्दछ ।

क्याम्ब्रिजबाट विद्यार्थीले हासिल गर्ने शैक्षिक योग्यतालाई विश्वभरका अग्रणी शैक्षिक संस्थाहरूले मान्यता दिएका छन् । साथै, ती संस्थाहरूले विद्यार्थीहरूको आलोचनात्मक सोच क्षमता, अनुसन्धानसम्बन्धी दक्षता र विषयगत ज्ञानलाई उच्च मूल्यांकन गर्ने गरेका छन् । अवार्ड विजेता घोषणा कार्यक्रममा Cambridge University Press & Assessment अन्तर्गत अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी दक्षिण एसियाका क्षेत्रीय निर्देशक विनय शर्माले भने, “क्याम्ब्रिजका विद्यार्थीहरू हाम्रो प्रत्येक कार्यको केन्द्रमा छन् । हामीले प्रदान गर्ने शिक्षाका सबै पक्ष विद्यार्थीहरूको शैक्षिक विकास, उनीहरूको सामर्थ्यअनुसार उपलब्धि हासिल गर्न र कक्षाकोठाभन्दा बाहिर समेत सबल बन्न सहयोग पुर्‍याउने गरी तयार पारिएका छन् । नेपालका विद्यार्थीहरूको उत्कृष्ट नतिजा र उपलब्धिलाई उत्सवका रूपमा मनाउन पाउँदा हामी गर्व महसुस गरिरहेका छौं । विद्यार्थीहरूको सफलतामा उनीहरूको समर्पण र लगावका साथै शिक्षक र परिवारको बलियो साथ रहेको छ ।

यी अवार्डहरूले विश्वव्यापी रूपमा विद्यार्थीहरूको उत्कृष्ट उपलब्धिलाई सम्मान गर्नुका साथै आगामी अध्ययन र करिअरका लागि आवश्यक आत्मविश्वास र सीपलाई उजागर गर्नेछन् । सबै अवार्ड विजेता विद्यार्थीलाई बधाई दिन चाहन्छौं र आगामी वर्षहरूमा पनि नेपालमा थप सफलताका लागि सहयोग गर्न तत्पर छौं ।” यसै अवसरमा British Council Nepal की परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले भनिन्, “नेपालभरका विद्यार्थीहरूको प्रतिबद्धता, अनुशासन र शैक्षिक उपलब्धि उनीहरूले हासिल गरेका उत्कृष्ट नतिजामा स्पष्ट रूपमा झल्किएको छ ।

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त सफलताले मान्यता पाएको देख्दा हामी अत्यन्त खुशी छौं । निरन्तर मिहिनेत, उच्च गुणस्तरीय शिक्षण तथा विद्यालय, परिवार र परीक्षा सञ्चालनमा संलग्न व्यक्ति तथा समूहको सहयोगबाट यी सफलता सम्भव भएका हुन् ।” ब्रिटिस काउन्सिल British Council संयुक्त अधिराज्य (युके)को सांस्कृतिक र शैक्षिक सम्बन्ध प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।

यसले संयुक्त अधिराज्य र अन्य देशका नागरिकबीच सम्बन्ध विस्तार गर्दै, पारस्परिक समझदारी अभिवृद्धि गर्दै तथा विश्वास र भरोसा निर्माण गर्दै शान्ति र समृद्धिका लागि योगदान पुर्‍याउँदै आएको छ । यो कार्य कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषासम्बन्धी कार्यक्रममार्फत सञ्चालन गरिन्छ । ब्रिटिस काउन्सिलले २०० भन्दा बढी देश तथा भूभागका नागरिकसँग सहकार्य गर्दै आएको छ । सन् २०२४–२०२५ मा यसले करिब ६०० मिलियन व्यक्तिसम्म आफ्नो पहुँच विस्तार गरेको जनाएको छ ।

वि.सं.२०८२ फागुन ६ बुधवार १६:५२ मा प्रकाशित

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण...

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र...

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...