back
CTIZAN AD

प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगै सुशासनबाट सम्भवः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ फागुन ७ बिहीवार

243 

shares

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगै पारदर्शीता, उत्तरदायित्व र विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट सम्भव हुने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना सन्देश जारी मुख्यमन्त्री आचार्यले लोकतन्त्रलाई जनजीवनसँग जोड्दै सामाजिक न्याय, समान अवसर र आर्थिक रूपान्तरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले विसं २००७ फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्यसँगै स्थापित प्रजातान्त्रिक आधारले आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग बसालेको उल्लेख गरे । उक्त ऐतिहासिक उपलब्धिले नेपाली समाजलाई अधिकारप्रति सचेत, राजनीतिक रूपमा जागरूक र परिवर्तनप्रति प्रतिबद्ध बनाएको उनकोे भनाइ छ ।

मुख्यमन्त्री आचार्यले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै विभिन्न चरणका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रज तथा लोकतन्त्रप्रेमी नागरिकप्रति सम्मान प्रकट गरेका छन् ।

उनले जनताको एकता र सङ्कल्प भए अन्याय, निरङ्कुशता र विभेद्लाई पराजित गर्न सकिने सन्देश यस दिवसले निरन्तर दिँदै आएको उल्लेख गरे । लोकतान्त्रिक संस्कार, सहिष्णुता र आपसी सम्मानलाई व्यवहारमा उतार्न सके मात्र प्रजातन्त्रको सार्थकता स्थापित हुने उनकोे धारणा छ ।

वि.सं.२०८२ फागुन ७ बिहीवार १४:०८ मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...