back
CTIZAN AD

चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

वि.सं.२०८२ फागुन ७ बिहीवार

432 

shares

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरुलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ ।

चिमखोलामा निर्माण भएको ३५ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी तुँदी पावरले तीन वटा विद्यालय र वडा कार्यालयलाई छ थान स्मार्ट बोर्ड सहयोग गरेको हो ।

जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत बिनियोजन भएको रु. १० लाख ८० हजार बजेटबाट स्मार्ट बोर्ड उपलब्ध गराइएको रघुगङ्गा गाउँपालिका–७ का वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)ले जानकारी दिए ।

उनका अनुसार अमर मावि चिमखोलालाई तीन, वडा कार्यालय, सिद्ध र चिमखोला आधारभूत विद्यालयमा एक÷एक थान ६५ इञ्चको स्मार्ट बोर्ड सहयोग प्राप्त भएको हो । विद्यालयमा प्रबिधीमैत्री पठनपाठन र वडा कार्यालयमा हुने तालिम, बैठकमा प्रस्तुतिका लागि प्रोजेक्टरको विकल्पमा स्मार्ट बोर्ड प्रयोग गरिने वडा अध्यक्ष पाइजाले बताए ।

विद्यालयको कक्षा कोठाको भित्तामा ‘स्मार्ट टिभी’ र ‘बोर्ड’ राखिएको छ । इन्टरनेटमा सन्दर्भ सामग्री खोजेर पढाउन थालिएको अमर माविका प्रअ खबहादुर थापाले बताए । विद्यार्थीमा सिकाई उपलब्धी बढाउन र शिक्षकहरुलाई सिर्जनशिल तथा प्रबिधीमैत्री बनाउन यस्तो अभ्यास गरिएको हो ।

सूचना प्रविधिको प्रयोग गरेर पठनपाठन गराउन विद्यार्थीले अध्ययनमा रुची देखाउने र सिकाई उपलब्धी वृद्धि हुने अपेक्षा गरिएको छ ।

वि.सं.२०८२ फागुन ७ बिहीवार १३:४५ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...