काठमाडौँ । महोत्तरीमा वारेस नाममार्फत वडाध्यक्ष रामसोभारत यादवले नै मतदान गर्न खोजेपछि विवाद भएर रोकिएको मतदान सुरु भएको छ ।
उनले ववारेसको नाममार्फत मतदान गर्न खोजेपछि झडप भएको थियो ।
त्यसपछि विवाद हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूले वडाध्यक्ष यादवमाथि आक्रमण गरेका थिए । सो क्रममा उनको नाकमा चोट लागेको प्रहरीले बताएको छ ।
यही विषयलाई लिएर यो केन्द्रको मतदान अहिले रोकिएको थियो । अहिले छलफलपछि पुन मतदान सुरु भएको हो ।
वि.सं.२०८२ फागुन २१ बिहीवार १३:११ मा प्रकाशित






























