काठमाडौँ । ओखलढुङ्गामा दिउँसो १ बजेसम्म ३० हजार ६७ मत अर्थात २४ दशमलव ५० प्रतिशत मतदान भएको छ । मतदान गरिसकेका मतदातामध्ये महिला १३ हजार ९८३, पुरुष १६ हजार ८३ र अन्य एक जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी जुम्लामा जम्मा २३ हजार ६२५ अर्थात ३२ दशमवल ९३ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । त्यसमध्ये महिला मतदाता ११ हजार ७२८ र पुरुष ११ हजार ८९७ रहेको जनाइएको छ ।
आयोगका अनुसार तेह्रथुममा २१ हजार ७५० प्रतिशत अर्थात ३० प्रतिशत मत खसेको छ । त्यसमध्ये महिला १० हजार ३३१ र पुरुष ११ हजार ४१९ मतदाता रहेको आयोगले जनाएको छ ।
त्यसैगरी पर्वतमा हालसम्म कूल ३७ हजार ७२५ मतदान भएको जनाइएको छ । आयोगका अनुसार करिब ३० प्रतिशत मतदान भएको छ । तनहुँमा ७६ हजार १४१ अर्थात कूल मतको २९ दशमलव ९३ प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ ।
वि.सं.२०८२ फागुन २१ बिहीवार १४:१९ मा प्रकाशित



























