back
CTIZAN AD

१०५ वर्षीय खड्काद्वारा मतदान

वि.सं.२०८२ फागुन २१ बिहीवार

465 

shares

काठमाडौँ । काठमाडौँ जिल्लाको बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा रहेको मतदान केन्द्रमा आज बिहान एक प्रेरणादायी दृश्य देखिएको छ । एक सय पाँच वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले उत्साहका साथ आफ्नो मतदान अधिकार प्रयोग गर्दै सो केन्द्रमा पहिलो मतदान गरेका हुन् ।

बिहान ७ः३० बजे मतदान प्रक्रिया सुरु भएसँगै उनले मतदान केन्द्रमा पुगेर पहिलो मत खसालेका हुन् । ज्येष्ठ उमेरका बाबजुद पनि मतदानप्रति उनको उत्साह र प्रतिबद्धताले उपस्थित मतदाता तथा निर्वाचन कर्मचारीलाई समेत प्रेरित बनाएको छ ।

मतदानपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै खड्काले मतदान गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताए । उनले भने, “१०५ वर्षको उमेरमा पनि आज मतदान गर्न पाउँदा निकै खुसी लागेको छ । देशले योग्य, इमानदार र जनताको हितमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।”

खड्काको यो सहभागिताले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी र कर्तव्यबोध कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको स्थानीयवासी तथा सञ्चारकर्मी अनिता श्रेष्ठले बताए । मतदान केन्द्रमा उपस्थित मतदाताले उहाँलाई सम्मानका साथ स्वागत गरेका थिए भने धेरैले उहाँसँग फोटो खिचेर यो क्षणलाई स्मरणीय बनाएका थिए ।

वि.सं.२०८२ फागुन २१ बिहीवार १५:३१ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...