रुकुम पूर्व । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँको एकमात्र निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक हजार ४१५ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ र नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ४१७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।
वि.सं.२०८२ फागुन २२ शुक्रवार १०:२७ मा प्रकाशित




























