back
CTIZAN AD

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

वि.सं.२०८२ फागुन २९ शुक्रवार

276 

shares

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री नगर अस्पतालमा आज बिहान पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा निधन भएको थियो । पितालाई श्रद्धाञ्जली अर्पण गर्न अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुगेका थिए ।

अस्पताल प्राङ्गणमा नेकपा (एमाले) का सचिव महेश बस्नेत, भानुभक्त ढकाललगायत केन्द्रीय नेता तथा स्थानीय नेता कार्यकर्ताले मोहनप्रसादलाई श्रद्धाञ्जली दिएका थिए । अस्पतालका कार्यकारी निर्देशक डा डि के रौशनका अनुसार मोहनप्रसादलाई आज बिहान करिब ४ः०० बजे उपचारका लागि अस्पताल ल्याइएको थियो । विगत छ महिनादेखि उनको यही अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको थियो ।

दिवङ्गत मोहनप्रसादको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने एमाले सचिव बस्नेतले जानकारी दिए । ओलीका जेठा पुत्र केपी ओली र कान्छा पुत्र जयप्रसाद ओलीसहित तीन छोरी छन् ।

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:३७ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...