काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ४.४१ प्रतिशत कायम भएको छ । संस्थागत मुद्दती निक्षेपतर्फ भने औसत ३.२९ प्रतिशत दर तोकिएको छ ।
यसअघि फागुन महिनामा व्यक्तिगतमा ४.५६ र संस्थागतमा ३.३३ प्रतिशत विन्दुमा थियो । हाल २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १४ वाणिज्य बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंक छन् ।

वि.सं.२०८२ चैत १ आइतवार १६:०३ मा प्रकाशित






























