back
CTIZAN AD

ग्यास कालोबजारीविरुद्ध वाईसिएल नेपाल को कडा एक्सन

वि.सं.२०८२ चैत ५ बिहीवार

309 

shares

काठमाडौं । बजारमा कृत्रिम अभाव सिर्जना गरेर ग्यास लुकाउने, सर्वसाधारणलाई दुःख दिने र महँगोमा बेच्ने कालोबजारीविरुद्ध वाईसिएल नेपाल आक्रामक रूपमा मैदानमा उत्रिएको छ। संगठनले यस्ता गतिविधिलाई सिधै जनतामाथिको लुट भन्दै कडा कारबाहीको चेतावनी दिएको छ।

वाईसिएल नेपालका केन्द्रीय सचिव धिरज उपरकोटा ले स्पष्ट शब्दमा भनेका छन्-“ग्यास लुकाएर कालोबजारी गर्नेहरू अब सुरक्षित छैनन्। जहाँ भेटिन्छन्, त्यहीँ भण्डाफोर गरिनेछ।” उनले आवश्यक परेमा आफैं छापा मार्ने र दोषीलाई जनतामाझ उभ्याउनेसम्मको कदम चालिने चेतावनी दिएका छन्। साथै नेपाल सरकार सँग मिलेर यस्तो आपराधिक गतिविधि नियन्त्रण गर्न पूर्ण सहयोग गर्ने बताएका छन्।

संगठनले विशेष अनुगमन टोली गठन गरेर बजारमा कडा निगरानी सुरु गरिसकेको छ। उक्त टोलीले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य बढाएर बेच्ने गिरोहलाई लक्षित गरी निगरानी तीव्र बनाउने जनाएको छ।

वाईसिएल नेपालले सर्वसाधारणलाई पनि चुप लागेर नबस्न आह्वान गरेको छ। जहाँ ग्यास अभाव देखिन्छ तर कालोबजारी भइरहेको छ, त्यस्तो सूचना गोप्य रूपमा दिन आग्रह गरिएको छ। “जनताको साथ पाए, कालोबजारी अन्त्य गर्न धेरै समय लाग्दैन,” संगठनले दाबी गरेको छ।

यो कदमले बजारमा लुट मच्चाउनेहरूका लागि अब चुनौतीपूर्ण अवस्था सिर्जना हुने संकेत दिएको छ।

वि.सं.२०८२ चैत ५ बिहीवार १०:२२ मा प्रकाशित

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।...

मुआब्जा विवादले रेल्वेको काम रोकियो

मुआब्जा विवादले रेल्वेको काम रोकियो

जलेश्वर (महोत्तरी) । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ...

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

गलकोट (बागलुङ) । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...