back
CTIZAN AD

कैलालीमा नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार तय

वि.सं.२०७४ असार २ शुक्रवार

702 

shares

२ असार, धनगढी  । आसन्न स्थानीय चुनावको मिति नजिकिँदा नेपाल लोकतान्त्रिक फोरमले कैलाली जिल्लाका ११ स्थानीय तहमा उठाउने उम्मेदवारको नाम आज सार्वजनिक गरेको छ ।

उक्त पार्टीले धनगढी उपमहानगरपालिकाको प्रमुखमा प्रेम बिसी र उपप्रमुखमा दुर्गा कुश्मीलाई उम्मेदवार बनाउने भएको छ । त्यसैगरीः प्रमुख र उपप्रमुखमा कैलालीको टीकापुर नगरपालिकामा लौटन चौधरी र सुदेसनी चौधरी, लम्की चुहा नगरपालिकामा अरुण चौधरी र धनादेवी चौधरी, भजनी नगरपालिकामा केवल चौधरी र धनबासी चौधरी, घोडाघोडी नगरपालिकामा चन्द्रकुमार चौधरी र चैतीदेवी विक, गौरीगङ्गा नगरपालिकामा खुसीराम चौधरी र शारदा चौधरी, गोदावरी नगरपालिकामा शारदा केसी र मनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य माधव चौधरीले बताउनुभयो ।

कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा कलेसु चौधरी र उपाध्यक्षमा गीतादेवी चौधरी, जोशीपुर गाँउ पालिका अध्यक्षमा बिरुप्रसाद चौधरी र उपाध्यक्षमा किरण चौधरी, बर्दगोरिया गाँउ पालिका अध्यक्षमा वीरबहादुर डगौरा थारू र उपाध्यक्षमा कृष्णाकुमारी चौधरी र जानकी गाँउपालिका अध्यक्षमा प्रदीपकुमार चौधरी र उपाध्यक्षमा उमा महतोलाई उठाउन लागिएको छ । पार्टीको सङ्गठन नभएको जिल्लाको पहाडी क्षेत्रको मोहन्याल र चुरे गाउँपालिकामा भने उम्मेदवार उठाउने तयारी नभएको केन्द्रीय सदस्य चौधरीले बताउनुभयो ।

थरूहट÷थारूवान प्रदेशको मागसहित लामो समयदेखि आन्दोलन गर्दै आएको तत्कालीन थरूहट तराई पार्टी नेपाल र मधेसी जनअधिकार फोरम नेपालबीच केन्द्रीय स्तरमा हालै एकीकरण भएको थियो । एकीकरणपछि नाम फेरिएको नेपाल लोकतान्त्रिक फोरम हाल सरकारमा सहभागी छ । संविधान संशोधन गर्नुपर्ने आफूहरुको मागलाई यथावत् राखी स्थानीय तहको चुनावमा सहभागी हुने नीति पार्टीको रहेको केन्द्रीय सदस्य चौधरीले बताउनुभयो । रासस

वि.सं.२०७४ असार २ शुक्रवार १५:३८ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...