back
CTIZAN AD

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

वि.सं.२०८२ चैत १२ बिहीवार

342 

shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने सदस्यहरु अधिकांश नयाँ अनुहार रहेका छन् ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अधिकांश सांसद नयाँ अनुहार छन् भने सीमित दलका सदस्य मात्रै दुई वा दुईपटक बढी निर्वाचित हुनु हुने सांसद भएका छन् ।

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) र श्रम संस्कृति पार्टीका नेतृत्वबाहेक निर्वाचनमा सहभागी अन्य दलका शीर्ष नेतृत्वलाई सदनमा देखिने छैनन् ।

निर्वाचनमा १८२ सदस्य विजयी भएको रास्वपामा यस पटक १४ जना सांसदहरु दोहोरिएका छन् ।

पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्ले यसअघि पनि सदनमा थिए । यसैगरी, दोहोरिने सांसदहरुमा इन्दिरा राना मगर, डा अमरेशकुमार सिंह, सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, हरि ढकाल, अशोककुमार चौधरी, विराजभक्त श्रेष्ठ, निशा डाँगी, मनिष झा र डा तोसिमा कार्की छन् । उनीहरु प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित छन् ।

यस निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका ३८ जना सांसदमध्ये आठ सदस्य दोहोरिएका हुन् । सांसदहरु अजुर्ननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का, जनक गिरी, चन्द्रमोहन यादव, टेकबहादुर गुरु, योगेश गौचन थकाली, चन्द्रमोहन यादव र अभिशेकप्रताप साह यसअघि पनि सांसद थिए ।

नेकपा (एमाले)का २५ जना निर्वाचित सांसदमध्ये रामबहादुर थापा बादल, पद्मा अर्याल, यज्ञबहादुर बोगटी, गणेशसिंह ठगुन्ना, मोहम्मद इस्तियाक राई, लक्ष्मीप्रसाद पोखरेल र सुहाङ नेम्वाङ दोहोरिएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीको निर्वाचित १७ मध्ये पुष्पकमल दहाल ‘प्रचण्ड’, मातृकाप्रसाद यादव, वर्षमान पुन, धनबहादुर बुढा र महेन्द्रबहादुर शाही दोहोरिएका हुन् ।

राप्रपाका तर्फबाट पाँच जना सांसदमध्ये ज्ञानेन्द्रबहादुर शाह दोहोरिकएका छन् । उनी सो पार्टीका तर्फबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद छन् ।

वि.सं.२०८२ चैत १२ बिहीवार १३:१४ मा प्रकाशित

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...