back
CTIZAN AD

बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

वि.सं.२०८२ चैत १२ बिहीवार

546 

shares

सिद्धार्थनगर (भैरहवा) । बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको आर्थिक क्षति भएको छ । पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा भिजेर नष्ट हुँदा उद्योगी समस्यामा परेका छन् ।

लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका पूर्वअध्यक्ष अजयकुमार गुप्ताका अनुसार गत साताको वर्षाले जिल्लाभर उत्पादित काँचो इँटामा क्षति पुगेको हो । जिल्लामा हाल करिब ३० वटा इँटा उद्योग सञ्चालनमा रहेका लुम्बिनी उद्योग व्यवसायी सङ्घले जनाएको छ ।

“पछिल्लो समय कोइला र डिजेलजस्ता इन्धनको मूल्यवृद्धिले उत्पादन लागत बढिरहेको अवस्थामा वर्षाका कारण करोडौँ मूल्य बराबरको इँटा नष्ट हुँदा उद्योगी थप सङ्कटमा परेका छन”, गुप्ताले भने । हरेक वर्ष दोहोरिने बेमौसमी वर्षाले उद्योग क्षेत्रलाई दीर्घकालीन असर पार्दै आएको उनको भनाइ छ ।

गणेश इँटा उद्योग रुपन्देहीका व्यवस्थापक गणेश रायमाझीले बेमौसमी वर्षाका कारण जिल्लामा करिब तीन करोडभन्दा बढी काँचो इँटा नष्ट भएको जानकारी दिए । “पोल्नका लागि तयारी अवस्थामा राखिएका काँचो इँटा पानीले भिजेर पूर्ण रूपमा नष्ट भएका छन”, उनले भने ।

एउटा काँचो इँटाको मूल्य औसत रु सात पर्ने भएकाले कुल क्षति करोडौँ रुपैयाँभन्दा माथि पुगेको रायमाझीले बताए । काँचो इँटाको बिमाको व्यवस्था नहुँदा उद्योगीले वर्षेनी ठूलो नोक्सानी व्यहोर्नु परेको उनले गुनासो गरे ।

उद्योगीले अन्य उत्पादन क्षेत्रसरह इँटा उद्योगलाई पनि बिमा प्रणालीभित्र समेट्ने नीति ल्याउन सरकारसँग माग गरेका छन् । मौसमजन्य जोखिम न्यूनीकरणका लागि दीर्घकालीन नीति आवश्यक रहेको उनीहरुको भनाइ छ । हिउँदसँगै सुरु हुने इँटा उत्पादन मौसमको अनियमितताले प्रभावित हुँदा यस क्षेत्रको समग्र लगानी र रोजगारीमा समेत असर पर्दै आएको छ ।

वि.सं.२०८२ चैत १२ बिहीवार १३:५१ मा प्रकाशित

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीमा आएको...

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध...

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

काठमाडौँ । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको...