back
CTIZAN AD

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

वि.सं.२०८३ भदौ ११ बिहीवार

shares

काठमाडौँ । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको बाढीबाट बढी प्रभावित क्षेत्रलाई केन्द्रित गरी खोज, उद्धार र राहत कार्यलाई तीव्र तुल्याइएको छ ।

नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानैदेखि बाढीग्रस्त क्षेत्रमा फसेका नागरिकको उद्धार, हराइरहेका व्यक्तिको खोजी र विस्थापितलाई राहत दिन क्रियाशील रहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

सेनाले रसुवाको स्याफ्रूबेँसी, टिमुरे र मैलुङ क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी १२० जनाको हवाई उद्धार गरेको छ । बाढी प्रभावित क्षेत्रमा दुई हजार ३५० सैनिक परिचालन भएका प्रवक्ता बस्नेतले जानकारी दिए ।

वि.सं.२०८३ भदौ ११ बिहीवार ११:०४ मा प्रकाशित

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध...

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान सडकमार्ग हुँदै बाढी...

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्रको...

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला । हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० व्यक्ति सम्पर्कविहीन...

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

काठमाडौँ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित...

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा...