back
CTIZAN AD

कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा (जीवनीसहित)

वि.सं.२०८२ चैत १३ शुक्रवार

225 

shares

काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिछिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्नुहुने गौतम युवाको आवाजलाई नीतिगत तहसम्म पु¥याउने स्पष्ट सोचका साथ राजनीतिमा सक्रिय छिन्

विसं २०५२ असार ३ गते दोलखामा जन्मिनुभएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आउनुभएको छ । सामान्य पारिवारिक परिवेशमा हुर्किनुभएकी उनका बुबा कृष्णप्रसाद गौतम आमा र एक भाई छन् ।

शिक्षातर्फ रुचि राख्ने गौतमले माध्यमिक तहको अध्ययन भक्तपुरको एक विद्यालयबाट सम्पन्न गरेका थिए । त्यसपछि उहाँले कानुन विषयमा स्नातक पूरा गरेका छन् भने हाल काठमाडौँ स्कुल अफ ल मा एलएलएम अध्ययनरत छन् ।

राजनीतिमा प्रवेशअघि नै कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहेकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आएका थिए । कानुनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उनीसँग रहेको छ ।

त्यस्तै, राष्ट्रिय तहमा नीतिगत बहस, जनसरोकार र सुधार एजेन्डालाई संसद्मै उठाउने अनुभव उनीमा छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा पूर्वसदस्यका रुपमा उनले विधेयक, मानव अधिकार र न्यायका क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गरेकी छिन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कानुनी परामर्श अनुभवका साथै नेपालका युवा संस्थाको सञ्जालमार्फत अभियान सञ्चालन, सरकारसँग पैरवी र नीति दबाबमा सक्षम नेतृत्व उनले देखाएकी छिन् ।

उनले अन्तरराष्ट्रिय तहमा आफ्नो पहिचान बनाउँदै संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रम तथा अन्तरसंसदीय सङ्घको स्वास्थ्य समितिमा सदस्यका रूपमा योगदान दिएका छन् । सार्वजनिक स्वास्थ्यका सम्बन्धमा संवादमार्फत जनचेतना फैलाउने कार्यमा उनकोे सक्रियता उल्लेखनीय छ ।

युवाको सहभागिता, सुशासन, पारदर्शिता र नीतिगत सुधारका पक्षमा स्पष्ट धारणा राख्ने गौतमले राजनीतिलाई सेवा र परिणाममुखी कार्यसँग जोड्नुपर्नेमा जोड दिनुहुन्छ । निर्वाचनका क्रममा उहाँले विकास, सुशासन र युवालाई अवसर सिर्जनाका एजेन्डा अघि सारेकी थिईन् ।

राजनीतिमा प्रवेश गर्नुअघि उहाँ सञ्चार क्षेत्रमा पनि परिचित हुनुहुन्थ्यो । विशेषगरी स्वास्थ्य कार्यक्रमको प्रस्तोताका रूपमा उहाँले तथ्यमा आधारित बहस, गलत सूचनाविरुद्ध अभियान तथा जनचेतनामूलक कार्यक्रममार्फत उनले समाजमा सकारात्मक प्रभाव पारेकी थिईन् ।

सन् २०२३ मा ‘वन यङ वल्र्ड–पोलिटिसियन अफ द इयर अवार्डबाट सम्मानित गौतम युवापुस्ताको प्रतिनिधि स्वरका रूपमा स्थापित भएका छिन् ।
रास्वपाकी संस्थापक केन्द्रीय सदस्यसमेत रहेकी गौतमले नीतिगत सुधार, पारदर्शिता र नागरिक–केन्द्रित शासन प्रणालीलाई प्राथमिकता दिने नयाँ पुस्ताको राजनीतिक नेतृत्वको प्रतिनिधित्व गर्ने छिन् ।

नीतिगत स्पष्टता, अध्ययनशीलता र सक्रियताका कारण उनलाई नेपाली राजनीतिमा सम्भावनायुक्त युवा नेताका रूपमा हेरिएको छ । समृद्ध नेपाल निर्माणमा युवाको भूमिका विस्तार गर्ने लक्ष्यसहित उहाँ संसद्मा सक्रिय रहेकी छिन् ।

वि.सं.२०८२ चैत १३ शुक्रवार १४:१८ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...