back
CTIZAN AD

नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाद्वारा पदभार ग्रहण (जीवनीसहित)

वि.सं.२०८२ चैत १३ शुक्रवार

207 

shares

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज उनले पदबहाली गरेका हुन् । मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारी र मातहतका निकायका प्रमुख तथा प्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री डा तिमिल्सिनाले पद प्राप्तिभन्दा जिम्मेवारी पूरा गर्नु नै आफ्नो प्राथमिकता भएको बताए । उनले देशले निकास खोजिरहेको उल्लेख गर्दै राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्न सबैलाई आह्वानसमेत गरे ।

“हामीले जिम्मेवारी लिएका छौँ, हाम्रो सबैभन्दा ठूलो धर्म राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्नु हो”, डा तिमिल्सिनाले भने, “राजनीति नै गलत हो भन्ने सन्देश प्रवाह भइरहेको अवस्थालाई सुधार्दै देशमा आशा जगाउनुपर्छ ।”

डा तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र शाहको ‘मिसन’ र ‘भिजन’अनुसार मन्त्रालयले पूर्ण सहयोग गर्ने उल्लेख गर्नुभयो । कर्मचारीलाई पनि इमानदारिता र क्षमता प्रयोग गर्दै सामूहिक भावनाका साथ काम गर्न उनले आग्रहसमेत गरे । “तपाईंका हरेक विचारहरू यो देशका नीतिनियम, ऐनसँग बाझिने पनि हुनुहुँदैन । यो देशका जनताको सपनासँग बाझिने पनि हुदैन । कृपया यो कुरा मनमा राखेर आफ्ना काम कर्तव्यलाई अगाडि बढाउनु होला”, मन्त्री तिमिल्सनाले भने ।

उनले आजैका दिनदेखि आफ्नो कर्तव्यमा होमिएका र देशलाई अगाडि बढाउनका लागि समर्पित भएर लाग्ने धारणा राखे ।

मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले मन्त्रालयका प्रमुख कार्य र मुख्य नीति तथा योजना र कानुनबारे मन्त्रीलाई ‘ब्रिफिङ’ गरे । “बजेट सिलिङ प्राप्त भइसकेको छ । बजेट तर्जुमा, प्राथमिकता निर्धारणलगायत काम मन्त्रीको निर्देशनमा गर्नेछौँ”, उनले भने ।

नवनियुक्त मन्त्रीलाई मन्त्रालयका कर्मचारी र मातहतका पदाधिकारीहरुले स्वागत एवं कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

अनुसन्धान विशेषज्ञ एवं विश्लेषक सञ्चारमन्त्री

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमल्सिना राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नुवाकोट क्षेत्र नं १ बाट निर्वाचन सांसद छन् ।

रास्वपाका केन्द्रीय परराष्ट्र विभागका उपप्रमुख डा तिमल्सिनाले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीतिक र अन्तरराष्ट्रिय मामिलामा विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । सांसद हुनुअघि उनी त्रिभुवन विश्वविद्यालयको आन्तरिक सुरक्षा, राजनीति र कूटनीतिमा अध्यापन गर्नुहुन्थ्यो ।

डा तिमल्सिना अनुसन्धान विशेषज्ञ एवं विश्लेषक हुनुहुन्छ । नेपालको शान्ति प्रक्रिया, परराष्ट्र नीति र भू–राजनीतिक जटिलताको सूक्ष्म अध्ययन एवं अन्तरराष्ट्रिय मञ्चमा अनुसन्धानमूलक प्रस्तुतिमार्फत देशको नीतिगत बहसलाई डो¥याउने कार्यमा पनि संलग्न थिए ।

साहित्य, लेखन र पत्रकारिता क्षेत्रमा पनि आबद्ध डा तिमल्सिना ‘भ्रष्टाचारविरुद्धको लडाईं ः एन्टी करप्सन स्टडिज’ का विज्ञ मानिनुहुन्छ । उनी ‘एसियन इस्टिच्युट फर एड्भान्स रिसर्च’ का संस्थापक पनि छन् ।

वि.सं.२०८२ चैत १३ शुक्रवार १५:५९ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...