back
CTIZAN AD

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

वि.सं.२०८२ चैत १९ बिहीवार

258 

shares

दमौली (तनहुँ) । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा मोतियाविन्दुको समस्या देखिएका ११० जनाको शल्यक्रिया समेत गरिएको छ ।

आइतबारदेखि सुरु भई बुधबार सकिएको शिविर अन्तर्गत भानु–१३, भानु –९, भानु–१ र भानु –३ मा आँखा शिविर सञ्चालन गरिएको थियो । आर्थिक अभावका कारण उपचारबाट वञ्चित स्थानीयवासीका लागि शिविरले सहयोग गरेको बताइएको छ । नेत्र विशेषज्ञ डा मारिया गौतम सहितको टोलीले आँखाको शल्यक्रिया गरेका थिए ।

भानु–२ नारेश्वटारस्थित भानु सामुदायिक स्वास्थ्य केन्द्रमा समस्या भएकाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । उनले भने, “आँखा जस्तो संवेदनशील अङ्गको उपचार समयमै हुनसकेन भने मानिसको जीवनस्तरमा प्रत्यक्ष असर पर्छ । भानु नगरपालिकाले यही कुरालाई ध्यानमा राख्दै प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यसवर्ष पनि उल्लेख्य सङ्ख्यामा बिरामीहरूले सेवा लिनुभएको छ ।”

आँखा परीक्षणका लागि सदरमुकाम दमौली, पोखरा वा चितवन जानुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले स्थानीयस्तरमै शिविर गरी शल्यक्रिया सेवा प्रदान गरेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।“स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । त्यसैले टाढाटाढा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न हामीले आफ्नै नगरभित्र विशेषज्ञ सेवा ल्याएका हौँ,” उनले भने, “यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।”

वि.सं.२०८२ चैत १९ बिहीवार १२:११ मा प्रकाशित

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...