back
CTIZAN AD

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

वि.सं.२०८३ वैशाख १४ सोमवार

270 

shares

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनमा केन्द्रित भई लेखिएको ‘लाभा’ कविता सङ्ग्रह प्रकाशनमा आएको छ ।

विश्वभरका स्वप्नशील, साहसी र सिर्जनशील नवपुस्ताप्रति समर्पित जेनजी कविताका प्रकाशकमा रचनाकारकी ९२ वर्षीया आमा चेतकुमारी रहेकी छिन् । कृतिभित्र २३ र पुस्तकावरणमा एक गरी २४ कविता सङ्गृहीत छन् जसले भदौ २३ र २४ लाई सङ्केत गर्छन् । जुन दिन नेपालमा जेनजी आन्दोलन भौतिक रूपमा सुरु भई उत्कर्षमा पुगेको थियो ।

‘आगो’, ‘खरानी’, ‘डेलुलु’, ‘कैलदेवी’, ‘जेनजी जुत्ता’, ‘मुस्कान खातुन’, ‘थुक्तेन’, ‘सेप्टेम्बर ८’, ‘भदौ २३’ आदि शीर्षकमा नवपुस्ताका आशा, आकाङ्क्षा, मुलुकमा व्याप्त कुशासन, बेथिति र भ्रष्टाचार, जेनजी सहिदका भावना, पुराना राजनीतिक दल र तिनका नेताहरूको पुरातन सोचाइ, निर्वाचन आदि विषय समेटिएका छन् जसमा विश्वबोध भेटिन्छ ।

निरास युवाहरूका उकुसमुकुसले ज्वालामुखीको रूप लिएपछि उत्पन्न आक्रोशलाई ‘लाभा’ मार्फत प्रतिनिधित्व गराइएको छ । गीत, मुक्तक, हाइकु, कथा, धारावाहिक उपन्यास प्रकाशन गराइसकेका रिमालका समसामयिक विषयमा लेखिएका लेखरचना पत्रपत्रिकामा प्रकाशन भइरहेका छन् ।

उनको यसअघि ‘एउटा काँढा बिझ्दा’, गीतसङ्ग्रह (विसं २०४८), ‘त्रिशूलीको किनाराबाट’, कविता सङ्ग्रह (विसं २०६६), ‘बारपाक’ कम्पकाव्य (विसं २०७४), ‘नदी बग्दैन’, कविता सङ्ग्रह (विसं २०७८), ‘चमेरो’, कोरोना कविता (विसं २०८०), ‘हिमाल त कालै भए छ’, २०२४ का कविता (विसं २०८१) कृति प्रकाशन भइसकेका छन् ।

पुख्र्याैली घर तार्केश्वर÷सामरीरत्रिशूली बजार, नुवाकोट रहेका उनी हाल आफूद्वारा विभिन्न समयमा फुटकर रूपमा लेखिएका प्रकाशित–अप्रकाशित निबन्धहरूको सङ्ग्रह प्रकाशनको गृहकार्यमा छन् ।

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:५२ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...