बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन् । पुण्य कर्मले मानिसलाई मुक्ति मिल्छ । बुद्ध भन्नु हुन्छ —
यस्स पापं कतं कम्मं कुसलेन पिथियती ।
सों मं लोकं पभासेतिअब्भमुत्तो व चंदिमा । ।
जसबाट गरिएका पाप उसैको पछि गरिएका पुण्यले ढाकिदिन्छ । उसले मेघबाट मुक्त चन्द्रमाको भाँती यस लोकलाई प्रकाशित गर्छ । त्यसैले पापको चिन्तानगर । म भएको ठाउँमा मानिसहरु आउँछन्, उनीहरु भन्छन्, हामीले धेरै पाप ग¥यौ त्यसलाई कसरी काट्ने ? जे गरियो, गरियो । अब त्यसलाई कसरी घटाउन सकिन्छ ? त्यसैले पुण्यको प्रक्रियाको अर्थ यत्ति नै हो कित्यो हाम्रो हातको भित्र छ, यसमा पुण्य चढाऊ । बिस्तारै बिस्तारै यो पनि भरिंदै जानेछ । अतीतको बराबरमा आउनेछ, सन्तुलन हुनेछ । जहाँ अतीत र भविष्यरुपी तराजु मध्यमा रोकिने छ, जहाँ तराजुको काँटाले दुवै बराबर भयो भनेर बताउन थाल्नेछ, त्यही क्षणमा मुक्ति मिल्नेछ । मुक्ति काँटा बीचमा आउँछ । जहाँ न तिमी पापी रह्यौ, न पुण्यात्मा । जहाँ न शुभ रह्यो, न अशुभ । न राम्रो, न नराम्रो ।न सज्जन, न दुर्जन । त्यही तिमी पार हुनेछौं । त्यस अवस्थालाई बुद्धले भनेका छन् सम्यकत्व ।
यस सम्वन्धि एउटा चाखलाग्दो वास्तविक घटना छ —
भिक्षु अंगुलीमालले देह त्याग गरेपछि अन्य भिक्षुहरुले भने भन्ते, अंगुलीमाल मरेर कहाँ उत्पन्न भए होलान् ?
यो जिज्ञासा स्वभाविक थियो, किनकी अंगुलीमाल ठूला हत्यारा थिए । उनले एक हजार जना मानिसको हत्या गरेका थिए । उनले एक हजार जना मानिसलाई मारेर तिनीहरुका औंलाको माला लगाउने छु भनेर कसम खाएका थिए । त्यसैले उनको नाम अंगुलीमाल राखिएको थियो । उनले औंलाहरुको माला लगाएका थिए । बुद्धको समयमा उनी ठूला हत्यारा थिए । उनले नौ सय उनान्सय जना मानिसलाई मारिसकेका थिए । साथै हज्जारौं मानिसको प्रतीक्षा गरिरहेका थिए । टाढा—टाढासम्मका मानिसहरु उनीदेखि आत्तिएका थिए । त्यसैले जुन वनमा अंगुलीमाल लुकेर रहन्थे, त्यहाँ कोही पनि जाँदैन थिए । उनकीआमापनिजानको लागि राजीथिइनन् । मानिसलाई धेरै डर थियो, उनीहरुलाई थाहाथियो, उनले आमालाई समेत मार्नेछन् । उनलाई त एक हजारको व्रत पूरा गर्नु छ ।
बुद्ध त्यही बाटो हिंडिरहेका थिए । तब मानिसहरुले भने, तपाईं त्यो बाटो नजानुहोस् , भन्ते ! त्यो मानिस एकदमै खतरा छ । उसले तपाईं को हो भनेर सोच्ने समेत छैन, ऊ त बिल्कुलै अन्धो छ । उसले नौ सय उनान्सय जना मानिसलाई मारिसकेको छ । राजापनि ऊ देखि काँप्छन् । सैनिकहरु ऊदेखि डराउँछन् । उसले जसलाई पनि मार्न सक्छ । तपाई त्यो बाटो नजानुहोस् ।
तर, बुद्धले भने, यदि मलाई थाहा थिएन भने शायद नजान पनि सक्थें तर अबमलाई थाहा छ, ऊ विचरा एक जना प्रतीक्षा गरिरहेको छ होला ! नौ सय उनान्सय जना मानिसलाई मारिसकेर एक जनालाई कुरेर बसेको होला, उसलाई हजार जना मानिसहरु चाहिएको छ, उसको प्रतिज्ञा के होला, यो पनि त सोच ! त्यसैले म जान्छु ।
बुद्धगए । उनका साथीहरु पछाडि नै छुटे । यस्तो समयमा को साथी, को संगी ! जब बुद्ध गए, एक्लै परे । अंगुलीमाल तरवारमा धार लगाउन थाले कोही आएको जस्तो लागेर । तर उनी पनि अचम्ममा परे । वषौंदेखि यो बाटो भएर कोही पनि हिंड्दैन । यो कुन अबुझ हो ? उनलाई पनि दया लाग्न थाल्यो । यो कस्तो अबुझ मानिस ? मर्नको लागि आइरहेको छ ! उनले गहिरोसँग हेरे, गेरु वस्त्र, अरे ! उनले सोचे, कुनै सन्यासी हुन् । यिनलाई थाहै भएन । गाउँका मानिसहरुले पनि बताए जस्तो छैन, यस्तो सोच्न थाले । तरवारमा धार राखे ।
जतिजति बुद्ध नजिक आउन थाले त्यति त्यति उनको भाव बदलिन थाल्यो, उनलाई दया लाग्न थाल्यो । उनले आफ्नो मनमा सोचे, अंगुलीमाल, तँलाई के भइरहेको छ ? यस्तो दया तँलाई कहिल्यै पनि आएको थिएन, तेरी आमा आएकी भएपनि त काट्नको लागि तयार थिइस् । यो त को हो र, चिन्नु न जान्नु ! तर, केही हुन थाल्यो । बुद्धको उपस्थितिले केही गर्न थाल्यो । त्यो बुद्धको तरंगले, शान्तिले, हावाले र सुगन्धको प्रभावले केही हुन थाल्यो ।
जब थोरै दूरी बाँकी रह्यो अंगुलीमालले चिच्याएर भने, रोकि ऊ त्यहीं, अगाडि बढ्यौ भने खतरा हुनेछ । यो हतियार देखिरहेका छौं ? यी औंलाहरु देख्छौं ? म अंगुली माल हुँ, मेरो नाम सुनेका छौं ? गर्दन काटेर औंलाहरुको माला बनाउनेछु ! मेरो व्रत पूरा गर्नुछ मलाई । कैंयौं वर्षपछि तिमीलाई देखिरहेको छु, कोही अरु यहाँ आउँदै आउँदैनन् । तर, म तिमीलाई एउटा मौका दिन्छु । थाहा छैन कुन कमजोरीको कारणले तिमीलाई मौका दिइरहेको छु, भाग यहाँबाट । तर अरु नजिकन आऊ । म एकदमै नराम्रो मानिस हुँ । थोरै पनि अगाडि नबढ ।
बुद्धले भने, पागल, मेरो हिंडाई त कैयौं वर्ष भइसक्यो बन्द भएको । जुनदिनमा मन गयो, त्यही दिन सबै हिडाई पनि गयो, सबै चाल पनि गयो । अब कहाँ चल्नु ! म त रोकिइसकेको छु । म तिमीलाई भन्छु, तिमी चल्न बन्द गर ।
अंगुलीमालले भने, मैले सोचिरहेको थिए यो मानिस कुनै पागल हुनुपर्छ । तिमी पागल हौ, चलिरहेका छौं, तर भनिरहेका छौ चलिरहेको छैन । म यहाँ बसेर हतियारमा धार लगाइरहेको छु तर तिमी मलाई चलिरहेका छौ भनेर भन्छौं । तिम्रो दिमाग खराब भएको छ, अब मैले थाहा पाएँ तिमी कसरी यहाँ हिडेर आयौं । बुद्धले भने, ठीक छ तर म फेरि पनि तिमीलाई भन्छु, सोच, म रोकिएको छु, तिमी चलिरहेका छौ । तिम्रो मन अहिले एकदमै दौडन्छ, यहाँ—त्यहाँ दौडन्छ, त्यसैले म भन्छु , तिमी चल्छौं ।
बुद्ध नजिकै आए । अंगुलीमालले भने, यदि तिमी जिद्दी गर्छौ भने म पनि जिद्दीवाल हुँ । मलाई शंका लागिरहेको छ, हो न हो तिमी बुद्ध हौं, जसको नाम मैले सुनेको छु । जुन मानिसहरुलाई मैले मारें, उनीहरु मध्ये धेरैले मलाई गौतम बुद्धबाहेक अरु कसैले पनि तिमीलाई बदल्न सक्ने छैन भनेका थिए । हुन सक्छ तिमी उही हौं । तर भूल, म पनि अंगुलीमाल हुँ । मतिमीलाई मारेर छोड्नेछु ।
बुद्धले भने, तिमी आफ्नो तयारी गर, हतियार ठीक गर, म बसिरहेको छु । उनी शान्तसंग बसे । अंगुलीमाल हतियार धार लगाउन थाल्छन् । किनकी कैयौं वर्षदेखि कोही नआएकोले हतियारमा खिया लागेको छ । धार लगाउने काम पूरा भयो । फेरि उनले भने, बुद्ध बोल के विचार छ ?बुद्धले भने, विचारको संभावना कहाँ, विचार त मैले छोडिसकेको छु, अंगुलीमाल । तिमी जसलाई मार्नेछौं, त्यो म होइन । म जो हुँ, त्यसलाई कसैले पनि मार्न सक्दैन । कुन हतियारले मलाई छिनाउन सक्छ ?
अंगुलीमालले आँखामा आँखा मिलाएर हेरे । यी मानिसलाई मार्न असम्भव छ । म अंगुलीमाल हुँ । तर किन मेरो ह्दय कमजोर हुँदै छ ? म तिमीसंग सोध्छु । बुद्धले भने, यसको कारण छ । मार्नमा कुनै कला नै छैन अंगुलीमाल, यो वालकले पनि गर्न सक्छन् । तिमी हेर, सामुन्नेमा वृक्ष छ, यसको हाँगा काटेर मलाई देऊ । तब उनले त्यसको हाँगा काटे ।
बुद्धले भने, अबतिमी यस हाँगालाई जोडेर देखाऊ । उनले भने, यो कसरी हुन सक्छ ? तब बुद्धले भने, काट्न, मार्न त एकदमै सजिलो छ । जोडेर कोही मानिस महान बन्छ । काटेर पनि कोही महान बन्छ ? अब तिमी मेरो गर्दन काटिदेऊ, खेल खतम । तर याद राख, जुन गर्दन तिमी जोड्न सक्दैनौ, त्यसलाई काट्ने तिमीलाई कुनै हक छैन । यदि जोड्यौ भने कुनै कमाल हुनेछ ! तब सारा दुनियाँले तिमीलाई धेरै पछिसम्म याद गर्नेछन् ।
हतियार उनले फालिदिए, बुद्धको चरणमा परे । अंगुलीमाल बुद्धका भिक्षु भए । जब बुद्ध मारिएनन् उल्टो अंगुलीमाल मारिए भन्ने खबर फैलियो तब सम्राट अजातशत्रु समेत उनलाई हेर्नको लागि आए । सम्राट आएर भने, मैले सुनेको छु अंगुलीमाल भिक्षु भए, विश्वास लागिरहेको छैन ।
बुद्धले भने, तपाई मान्नुहोस वान मान्नुहोस्, यो नजिकै जुनभिक्षु बसेका छन, को हुन् ? अजातशत्रुले भने, यो खतरनाक मानिस हो, कुनै धोकाबाजी नहोस्, भिक्षु बनेर कतै आक्रामण नगरोस् । बुद्धले भने, यो तपाइले देखेको अंगुलीमाल त्यो अंगुलीमाल होइनन् । उनी अरु नै भइसकेका छन् ।
जब अंगुलीमाल भिक्षु भएपछि पहिलो पटक गाउँमा भिक्षा माग्न गए, गाउँका मानिसले ढोकाबन्द गरे । मानिसहरु आफ्नो छानामाथि चढेर ढुंगा जम्मा गर्नथाले । जब अंगुलीमालबीच सडकमा थिए, तब मानिसहरुले उनीमाथि ढुंगा बर्साए । अंगुलीमाल बीच सडकमै उभिइरहे । उनको टाउकोमाथि ढुंगा बर्सिरह्यो, रगत बगिरह्यो । भर्खरै उनीबाट जुनमन्त्र पढिएको थियो — बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी… यस्तो भन्दाभन्दै उनीसडकमै ढले ।
लाई खबर गरियो, उनीआए । अन्तिम अवस्था थियो, बुद्धले उनीसंग भने, अंगुलीमालतिम्रो के भाव छ ?
उनले भने, भगवान सोधिरहनु भएको छ, रोकिएपछिको के भाव?
तिम्रो मनलाई के भयो अंगुलीमाल?अंगुलीमालले भने, केही पनि भएन, हेरिरहें, साक्षी थिएँ । मलाई के नै हुन सक्छ र ? म हेर्ने वाला हुँ, द्रष्टा हुँ, यही त तथागतले मलाई सम्झाउनु भएको थियो । बुद्ध उनीसंग बोले, अंगुलीमाल तिमी ब्राह्मण भएर मरिरहेका छौं । तिमीब्रह्म ज्ञान उपलब्ध भएर मरिरहेका छौं । तिमी अर्हत भयौ । यसरी जब अंगुलीमाल मरे, अरु भिक्षुहरुले बुद्धलाई सोधे, भन्ते ! अंगुलीमाल मरेर कहाँ उत्पन्न भए?
बुद्धले भने, भिक्षुहरु हो, मेरा तीपुत्र परिनिर्वाण भए । अब उनको जन्म हुने छैन । उनीजन्म मरणको चक्करबाट पार भए । अब उनी फर्किने छैनन् । भिक्षुहरुले फेरि सोधे, भगवान ! उनीभिक्षु भएको त धेरै समय भएको छैन, उनले पुण्य कसरी प्राप्त गरे ?
बुद्धले भने, कहिलेकाही एउटा पुण्यको सानो कृत्यले पनि समग्रतासंग गरियो भने सारा पापलाई त्यसले काटिदिन्छ । उनलाई धेरै दिन लागेन, धेरै दिनसम्म उनी बाँचेनन् तर जब मानिसहरुले ढुंगा प्रहार गरे उनी साक्षी बनिरहे, यो सबभन्दा ठूलो पुण्य—कृत्य हो । कर्ता हुनुमापाप हुन्छ, साक्षी हुनुमा पुण्य हुन्छ । यो नै बुद्ध धर्मको सार हो । पुण्य भनेको त्यस्तो कमाई हो, जुन मृत्युले पनि खोस्न सक्दैन् ।
वि.सं.२०८३ वैशाख २५ शुक्रवार १०:१० मा प्रकाशित

























