back
CTIZAN AD

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

वि.सं.२०८३ वैशाख २५ शुक्रवार

1.9K 

shares

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन् । पुण्य कर्मले मानिसलाई मुक्ति मिल्छ । बुद्ध भन्नु हुन्छ —
यस्स पापं कतं कम्मं कुसलेन पिथियती ।
सों मं लोकं पभासेतिअब्भमुत्तो व चंदिमा । ।
जसबाट गरिएका पाप उसैको पछि गरिएका पुण्यले ढाकिदिन्छ । उसले मेघबाट मुक्त चन्द्रमाको भाँती यस लोकलाई प्रकाशित गर्छ । त्यसैले पापको चिन्तानगर । म भएको ठाउँमा मानिसहरु आउँछन्, उनीहरु भन्छन्, हामीले धेरै पाप ग¥यौ त्यसलाई कसरी काट्ने ? जे गरियो, गरियो । अब त्यसलाई कसरी घटाउन सकिन्छ ? त्यसैले पुण्यको प्रक्रियाको अर्थ यत्ति नै हो कित्यो हाम्रो हातको भित्र छ, यसमा पुण्य चढाऊ । बिस्तारै बिस्तारै यो पनि भरिंदै जानेछ । अतीतको बराबरमा आउनेछ, सन्तुलन हुनेछ । जहाँ अतीत र भविष्यरुपी तराजु मध्यमा रोकिने छ, जहाँ तराजुको काँटाले दुवै बराबर भयो भनेर बताउन थाल्नेछ, त्यही क्षणमा मुक्ति मिल्नेछ । मुक्ति काँटा बीचमा आउँछ । जहाँ न तिमी पापी रह्यौ, न पुण्यात्मा । जहाँ न शुभ रह्यो, न अशुभ । न राम्रो, न नराम्रो ।न सज्जन, न दुर्जन । त्यही तिमी पार हुनेछौं । त्यस अवस्थालाई बुद्धले भनेका छन् सम्यकत्व ।

यस सम्वन्धि एउटा चाखलाग्दो वास्तविक घटना छ —
भिक्षु अंगुलीमालले देह त्याग गरेपछि अन्य भिक्षुहरुले भने भन्ते, अंगुलीमाल मरेर कहाँ उत्पन्न भए होलान् ?
यो जिज्ञासा स्वभाविक थियो, किनकी अंगुलीमाल ठूला हत्यारा थिए । उनले एक हजार जना मानिसको हत्या गरेका थिए । उनले एक हजार जना मानिसलाई मारेर तिनीहरुका औंलाको माला लगाउने छु भनेर कसम खाएका थिए । त्यसैले उनको नाम अंगुलीमाल राखिएको थियो । उनले औंलाहरुको माला लगाएका थिए । बुद्धको समयमा उनी ठूला हत्यारा थिए । उनले नौ सय उनान्सय जना मानिसलाई मारिसकेका थिए । साथै हज्जारौं मानिसको प्रतीक्षा गरिरहेका थिए । टाढा—टाढासम्मका मानिसहरु उनीदेखि आत्तिएका थिए । त्यसैले जुन वनमा अंगुलीमाल लुकेर रहन्थे, त्यहाँ कोही पनि जाँदैन थिए । उनकीआमापनिजानको लागि राजीथिइनन् । मानिसलाई धेरै डर थियो, उनीहरुलाई थाहाथियो, उनले आमालाई समेत मार्नेछन् । उनलाई त एक हजारको व्रत पूरा गर्नु छ ।

बुद्ध त्यही बाटो हिंडिरहेका थिए । तब मानिसहरुले भने, तपाईं त्यो बाटो नजानुहोस् , भन्ते ! त्यो मानिस एकदमै खतरा छ । उसले तपाईं को हो भनेर सोच्ने समेत छैन, ऊ त बिल्कुलै अन्धो छ । उसले नौ सय उनान्सय जना मानिसलाई मारिसकेको छ । राजापनि ऊ देखि काँप्छन् । सैनिकहरु ऊदेखि डराउँछन् । उसले जसलाई पनि मार्न सक्छ । तपाई त्यो बाटो नजानुहोस् ।

तर, बुद्धले भने, यदि मलाई थाहा थिएन भने शायद नजान पनि सक्थें तर अबमलाई थाहा छ, ऊ विचरा एक जना प्रतीक्षा गरिरहेको छ होला ! नौ सय उनान्सय जना मानिसलाई मारिसकेर एक जनालाई कुरेर बसेको होला, उसलाई हजार जना मानिसहरु चाहिएको छ, उसको प्रतिज्ञा के होला, यो पनि त सोच ! त्यसैले म जान्छु ।

बुद्धगए । उनका साथीहरु पछाडि नै छुटे । यस्तो समयमा को साथी, को संगी ! जब बुद्ध गए, एक्लै परे । अंगुलीमाल तरवारमा धार लगाउन थाले कोही आएको जस्तो लागेर । तर उनी पनि अचम्ममा परे । वषौंदेखि यो बाटो भएर कोही पनि हिंड्दैन । यो कुन अबुझ हो ? उनलाई पनि दया लाग्न थाल्यो । यो कस्तो अबुझ मानिस ? मर्नको लागि आइरहेको छ ! उनले गहिरोसँग हेरे, गेरु वस्त्र, अरे ! उनले सोचे, कुनै सन्यासी हुन् । यिनलाई थाहै भएन । गाउँका मानिसहरुले पनि बताए जस्तो छैन, यस्तो सोच्न थाले । तरवारमा धार राखे ।

जतिजति बुद्ध नजिक आउन थाले त्यति त्यति उनको भाव बदलिन थाल्यो, उनलाई दया लाग्न थाल्यो । उनले आफ्नो मनमा सोचे, अंगुलीमाल, तँलाई के भइरहेको छ ? यस्तो दया तँलाई कहिल्यै पनि आएको थिएन, तेरी आमा आएकी भएपनि त काट्नको लागि तयार थिइस् । यो त को हो र, चिन्नु न जान्नु ! तर, केही हुन थाल्यो । बुद्धको उपस्थितिले केही गर्न थाल्यो । त्यो बुद्धको तरंगले, शान्तिले, हावाले र सुगन्धको प्रभावले केही हुन थाल्यो ।

जब थोरै दूरी बाँकी रह्यो अंगुलीमालले चिच्याएर भने, रोकि ऊ त्यहीं, अगाडि बढ्यौ भने खतरा हुनेछ । यो हतियार देखिरहेका छौं ? यी औंलाहरु देख्छौं ? म अंगुली माल हुँ, मेरो नाम सुनेका छौं ? गर्दन काटेर औंलाहरुको माला बनाउनेछु ! मेरो व्रत पूरा गर्नुछ मलाई । कैंयौं वर्षपछि तिमीलाई देखिरहेको छु, कोही अरु यहाँ आउँदै आउँदैनन् । तर, म तिमीलाई एउटा मौका दिन्छु । थाहा छैन कुन कमजोरीको कारणले तिमीलाई मौका दिइरहेको छु, भाग यहाँबाट । तर अरु नजिकन आऊ । म एकदमै नराम्रो मानिस हुँ । थोरै पनि अगाडि नबढ ।
बुद्धले भने, पागल, मेरो हिंडाई त कैयौं वर्ष भइसक्यो बन्द भएको । जुनदिनमा मन गयो, त्यही दिन सबै हिडाई पनि गयो, सबै चाल पनि गयो । अब कहाँ चल्नु ! म त रोकिइसकेको छु । म तिमीलाई भन्छु, तिमी चल्न बन्द गर ।

अंगुलीमालले भने, मैले सोचिरहेको थिए यो मानिस कुनै पागल हुनुपर्छ । तिमी पागल हौ, चलिरहेका छौं, तर भनिरहेका छौ चलिरहेको छैन । म यहाँ बसेर हतियारमा धार लगाइरहेको छु तर तिमी मलाई चलिरहेका छौ भनेर भन्छौं । तिम्रो दिमाग खराब भएको छ, अब मैले थाहा पाएँ तिमी कसरी यहाँ हिडेर आयौं । बुद्धले भने, ठीक छ तर म फेरि पनि तिमीलाई भन्छु, सोच, म रोकिएको छु, तिमी चलिरहेका छौ । तिम्रो मन अहिले एकदमै दौडन्छ, यहाँ—त्यहाँ दौडन्छ, त्यसैले म भन्छु , तिमी चल्छौं ।

बुद्ध नजिकै आए । अंगुलीमालले भने, यदि तिमी जिद्दी गर्छौ भने म पनि जिद्दीवाल हुँ । मलाई शंका लागिरहेको छ, हो न हो तिमी बुद्ध हौं, जसको नाम मैले सुनेको छु । जुन मानिसहरुलाई मैले मारें, उनीहरु मध्ये धेरैले मलाई गौतम बुद्धबाहेक अरु कसैले पनि तिमीलाई बदल्न सक्ने छैन भनेका थिए । हुन सक्छ तिमी उही हौं । तर भूल, म पनि अंगुलीमाल हुँ । मतिमीलाई मारेर छोड्नेछु ।

बुद्धले भने, तिमी आफ्नो तयारी गर, हतियार ठीक गर, म बसिरहेको छु । उनी शान्तसंग बसे । अंगुलीमाल हतियार धार लगाउन थाल्छन् । किनकी कैयौं वर्षदेखि कोही नआएकोले हतियारमा खिया लागेको छ । धार लगाउने काम पूरा भयो । फेरि उनले भने, बुद्ध बोल के विचार छ ?बुद्धले भने, विचारको संभावना कहाँ, विचार त मैले छोडिसकेको छु, अंगुलीमाल । तिमी जसलाई मार्नेछौं, त्यो म होइन । म जो हुँ, त्यसलाई कसैले पनि मार्न सक्दैन । कुन हतियारले मलाई छिनाउन सक्छ ?

अंगुलीमालले आँखामा आँखा मिलाएर हेरे । यी मानिसलाई मार्न असम्भव छ । म अंगुलीमाल हुँ । तर किन मेरो ह्दय कमजोर हुँदै छ ? म तिमीसंग सोध्छु । बुद्धले भने, यसको कारण छ । मार्नमा कुनै कला नै छैन अंगुलीमाल, यो वालकले पनि गर्न सक्छन् । तिमी हेर, सामुन्नेमा वृक्ष छ, यसको हाँगा काटेर मलाई देऊ । तब उनले त्यसको हाँगा काटे ।

बुद्धले भने, अबतिमी यस हाँगालाई जोडेर देखाऊ । उनले भने, यो कसरी हुन सक्छ ? तब बुद्धले भने, काट्न, मार्न त एकदमै सजिलो छ । जोडेर कोही मानिस महान बन्छ । काटेर पनि कोही महान बन्छ ? अब तिमी मेरो गर्दन काटिदेऊ, खेल खतम । तर याद राख, जुन गर्दन तिमी जोड्न सक्दैनौ, त्यसलाई काट्ने तिमीलाई कुनै हक छैन । यदि जोड्यौ भने कुनै कमाल हुनेछ ! तब सारा दुनियाँले तिमीलाई धेरै पछिसम्म याद गर्नेछन् ।

हतियार उनले फालिदिए, बुद्धको चरणमा परे । अंगुलीमाल बुद्धका भिक्षु भए । जब बुद्ध मारिएनन् उल्टो अंगुलीमाल मारिए भन्ने खबर फैलियो तब सम्राट अजातशत्रु समेत उनलाई हेर्नको लागि आए । सम्राट आएर भने, मैले सुनेको छु अंगुलीमाल भिक्षु भए, विश्वास लागिरहेको छैन ।
बुद्धले भने, तपाई मान्नुहोस वान मान्नुहोस्, यो नजिकै जुनभिक्षु बसेका छन, को हुन् ? अजातशत्रुले भने, यो खतरनाक मानिस हो, कुनै धोकाबाजी नहोस्, भिक्षु बनेर कतै आक्रामण नगरोस् । बुद्धले भने, यो तपाइले देखेको अंगुलीमाल त्यो अंगुलीमाल होइनन् । उनी अरु नै भइसकेका छन् ।

जब अंगुलीमाल भिक्षु भएपछि पहिलो पटक गाउँमा भिक्षा माग्न गए, गाउँका मानिसले ढोकाबन्द गरे । मानिसहरु आफ्नो छानामाथि चढेर ढुंगा जम्मा गर्नथाले । जब अंगुलीमालबीच सडकमा थिए, तब मानिसहरुले उनीमाथि ढुंगा बर्साए । अंगुलीमाल बीच सडकमै उभिइरहे । उनको टाउकोमाथि ढुंगा बर्सिरह्यो, रगत बगिरह्यो । भर्खरै उनीबाट जुनमन्त्र पढिएको थियो — बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी… यस्तो भन्दाभन्दै उनीसडकमै ढले ।

लाई खबर गरियो, उनीआए । अन्तिम अवस्था थियो, बुद्धले उनीसंग भने, अंगुलीमालतिम्रो के भाव छ ?
उनले भने, भगवान सोधिरहनु भएको छ, रोकिएपछिको के भाव?
तिम्रो मनलाई के भयो अंगुलीमाल?अंगुलीमालले भने, केही पनि भएन, हेरिरहें, साक्षी थिएँ । मलाई के नै हुन सक्छ र ? म हेर्ने वाला हुँ, द्रष्टा हुँ, यही त तथागतले मलाई सम्झाउनु भएको थियो । बुद्ध उनीसंग बोले, अंगुलीमाल तिमी ब्राह्मण भएर मरिरहेका छौं । तिमीब्रह्म ज्ञान उपलब्ध भएर मरिरहेका छौं । तिमी अर्हत भयौ । यसरी जब अंगुलीमाल मरे, अरु भिक्षुहरुले बुद्धलाई सोधे, भन्ते ! अंगुलीमाल मरेर कहाँ उत्पन्न भए?

बुद्धले भने, भिक्षुहरु हो, मेरा तीपुत्र परिनिर्वाण भए । अब उनको जन्म हुने छैन । उनीजन्म मरणको चक्करबाट पार भए । अब उनी फर्किने छैनन् । भिक्षुहरुले फेरि सोधे, भगवान ! उनीभिक्षु भएको त धेरै समय भएको छैन, उनले पुण्य कसरी प्राप्त गरे ?

बुद्धले भने, कहिलेकाही एउटा पुण्यको सानो कृत्यले पनि समग्रतासंग गरियो भने सारा पापलाई त्यसले काटिदिन्छ । उनलाई धेरै दिन लागेन, धेरै दिनसम्म उनी बाँचेनन् तर जब मानिसहरुले ढुंगा प्रहार गरे उनी साक्षी बनिरहे, यो सबभन्दा ठूलो पुण्य—कृत्य हो । कर्ता हुनुमापाप हुन्छ, साक्षी हुनुमा पुण्य हुन्छ । यो नै बुद्ध धर्मको सार हो । पुण्य भनेको त्यस्तो कमाई हो, जुन मृत्युले पनि खोस्न सक्दैन् ।

 

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १०:१० मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...