back
CTIZAN AD

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

वि.सं.२०८३ वैशाख २४ बिहीवार

1.2K 

shares

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित टेकपाइला इनोभेसन प्रा.लि. र कान्तिपुर सिटी कलेज (केसीसी) बीच महत्वपूर्ण समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।

पुतलीसडकस्थित केसीसी परिसरमा बिहीबार आयोजित कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जीबी अधिकारी र केसीसीका प्रिन्सिपल राजु कट्टेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै अब केसीसीका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (AI) र साइबर सुरक्षा (Cybersecurity) क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको व्यावहारिक तालिम, कार्यशाला, बुटक्याम्प तथा उद्योगसँग प्रत्यक्ष जोडिने अवसर प्राप्त गर्ने भएका छन् ।

विद्यार्थीलाई ‘इन्डस्ट्री रेडी’ बनाइने

सम्झौताअनुसार टेकपाइलाले विद्यार्थी र प्राध्यापकहरूका लागि विशेषज्ञ तालिम सञ्चालन गर्नेछ भने योग्य विद्यार्थीलाई इन्टर्नसिप तथा रोजगारीका अवसरसमेत उपलब्ध गराइने जनाइएको छ ।

त्यस्तै, दुवै संस्थाले संयुक्त रूपमा वर्तमान विश्व बजारको मागअनुसार पाठ्यक्रम परिमार्जन गर्ने, ह्याकाथन, आइडिया फेस्ट तथा अनुसन्धानमूलक कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन् ।

कार्यक्रममा बोल्दै टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जीबी अधिकारीले नेपालमा दक्ष प्रविधि जनशक्ति उत्पादनका लागि उद्योग र शैक्षिक संस्थाबीचको सहकार्य अपरिहार्य रहेको बताए ।

उनले भने, “विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी वास्तविक समस्या समाधान गर्न सक्ने क्षमता विकास गर्नु अहिलेको आवश्यकता हो । यो सहकार्य त्यसतर्फको महत्वपूर्ण कदम हो ।”

विश्व बजारमा प्रतिस्पर्धी बन्ने अवसर

केसीसीका प्रिन्सिपल राजु कट्टेलले सहकार्यले विद्यार्थीलाई आधुनिक प्रयोगशाला, विज्ञको मार्गदर्शन तथा अन्तर्राष्ट्रियस्तरका प्रमाणपत्र हासिल गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार यसले नेपाली विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन ठूलो सहयोग पुग्नेछ ।

‘डिजिटल नेपाल’ अभियानमा टेवा

सम्झौताले साइबर सुरक्षा अडिट, एआईमा आधारित सामाजिक प्रभावका समाधान तथा नवप्रवर्तनलाई समेत प्राथमिकता दिएको छ ।

दुई वर्षका लागि गरिएको सहकार्य भविष्यमा थप विस्तार गरिने दुवै पक्षले बताएका छन् ।

डिल्लीबजारस्थित टेकपाइला इनोभेसन साइबर सुरक्षा, एआई अनुसन्धान तथा प्राविधिक क्षमता अभिवृद्धिमा सक्रिय संस्था हो भने पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज सूचना प्रविधि, इन्जिनियरिङ र व्यवस्थापन शिक्षामा स्थापित शैक्षिक संस्था मानिन्छ ।

वि.सं.२०८३ वैशाख २४ बिहीवार १५:४७ मा प्रकाशित

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...