back
CTIZAN AD

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

वि.सं.२०८३ वैशाख २८ सोमवार

270 

shares

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो योजना सार्वजनिक गरेका हुन् ।

घोषणा अनुसार समस्याग्रस्त सहकारीहरूको कर्जा असुली गरी प्राप्त हुने रकमलाई यसै एकीकृत कोषमा जम्मा गरि सोही मौज्दातबाट बचतकर्ताहरूलाई क्रमिक रूपमा उनीहरूको बचत फिर्ता दिने सरकारको लक्ष्य रहेको छ । यसअघि सरकारले साना बचतकर्ताको रकम फिर्ता गर्न २५ करोड रुपैयाँको ’रिभल्भिङ कोष’ (चक्रीय कोष) स्थापना गरिसकेको भए पनि अब त्यसलाई अझ व्यवस्थित र एकीकृत बनाउन लागिएको हो ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न र भविष्यमा यस्ता संकट दोहोरिन नदिन सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता अभिवृद्धि र सुदृढीकरण गर्ने नीति लिएको छ । सहकारी संस्थाहरूको प्रभावकारी नियमन, अनुगमन र व्यवस्थापनका लागि प्राधिकरणलाई थप शक्तिशाली बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

 

वि.सं.२०८३ वैशाख २८ सोमवार १६:५२ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...