back

‘जैैविकमार्ग र वन्यजन्तुको सुरक्षा’ चुनौतीपूर्ण, प्रभावकारी हुन सकेन सिसी क्यामेरा

वि.सं.२०७४ असार ५ सोमवार

237 

shares
NTC AD
Global IME AD

५ असार, रत्ननगर (चितवन) । चुरे र महाभारत पहाड जोड्ने जैविकमार्गबाट चितवनको टिकौली जङ्गलमा बाघ, गैँडा, चित्तल, जरायोलगायत संरक्षित वन्यजन्तु दैनिकजसो नै आउजाउ गर्छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा पर्ने यो जैविकमार्ग (करिडोर) संरक्षणका हिसाबले अतिसंवेदनशील मानिन्छ ।

गएको वर्ष टिकौली जङ्गलको झन्डै सात किमी क्षेत्रमा १० वटा सिसी क्यामेरा जडान गरिएको थियो । अहिले छवटा क्यामेराले मात्र काम गरिरहेको छ ।

सवारी चालकलाई यहाँको संवेदनशीलताबारे जानकारी दिई नियमन गर्ने, गाडी रोक्न नदिने, विस्तारै चलाउन लगाउने र गल्ती गरे कारबाही गर्ने तथा फोहर व्यवस्थापनलगायत उद्देश्यले ठूलो लगानीमा राजमार्गका विभिन्न क्षेत्रमा क्यामेरा जडान गरिएको थियो ।

अहिले ती क्यामेरा प्रभावकारी बन्न सकेका छैनन् । क्यामेरा राखिएको मात्रै छ, त्यसको उपयोग प्रभावकारी हुन सकेको छैन । बेलाबेलामा क्यामेराकै अगाडि गाडी रोकिन्छन्, यात्रुले क्यामेरातिरै फर्केर पिसाब फेरेका दृष्य कैद भएका छन्, वन्यजन्तुलाई गाडीले हाने पनि न्यूनमात्रै कारबाही हुन गरेका छन् ।

शनिबार साँझ सशस्त्र वनरक्षक तालिम केन्द्रमा रहेको सिसी क्यामेराको नियन्त्रण कक्षबाट दृष्यहरु हेर्दा पनि जथाभावी गाडी रोक्ने र मानिस जङ्गल तथा सडकछेउमै दिसापिसाब गर्ने गरेको दृष्य देखिए ।

जथाभावी गाडी रोकिएका छन्, फोहर यत्रतत्र छ । कतिपय बेला गाडी रोकेर केटाकेटीले रोमान्स गरेको दृष्यसमेत कैद भएको सिसी क्यामेरा हेर्दै आएका वनरक्षक सरोज काफ्ले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “ठाउँका ठाउँ जरिवाना नतिराएसम्म मरे मान्दैनन् ।” यस्ता दृष्यहरु देखिँदा पनि सचेत बनाउनेतिर निकुञ्जको ध्यान जान सकेको छ, न त अन्य सङ्घसंस्थाको नै ध्यान पुगेको छ ।

बरु सवारी चालकको लापर्बाहीले बेलाबेलामा गाडीको ठक्करबाट वन्यजन्तु मरेका घटना बर्सेनि घट्दै आएका छन् । विडम्बना त के छ भने यस्ता आपराधिक घटना तथा बेलाबेलामा हुने सवारी दुर्घटनाका दृष्य भने छिटफुटबाहेक कैद गर्न सकेको छैन ।

घटना हुँदा कुनैबेला क्यामेरा बन्द भएका थिए । कुनैबेला विद्युत् नभएर चलेको थिएन । कुनैबेला विविध समस्या आएको सशस्त्र वनरक्षक तालिम केन्द्रले जनाएको छ । कुनैबेलाका घटना भने क्यामेराले भेट्ने स्थानभन्दा बाहिर भएका छन् ।

वनरक्षक तालिम केन्द्रका सुबेदार रामदयाल शाह सिसी क्यामेराले देखाएका दृष्यअनुसार कडाइ रुपमा प्रस्तुत हुनुपर्ने बताउनुहुन्छ । पहिलो चरणमा चालकलाई जानकारी दिने त्यसपछि अटेर गरे कारबाही गर्ने चेतावनी दिइएको थियो । चितवन निकुञ्जका प्रमुख संरक्षक अधिकृत रामचन्द्र कँडेल अझै पनि व्यवस्थापकीय कमजोरी रहेको भन्दै सुधार गर्ने बताउनुहुन्छ ।

वनरक्षकलाई साइकलसमेत दिएर जिम्मेवारी सुम्पेको भन्दै उहाँले यसतर्फ आफू गम्भीर रहेको बताउनुभयो । जिल्ला वन, स्थानीय प्रशासनसहितको सङ्घसंस्थाको अगुवाइ भएकाले सबैको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो । चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेल राति सिसी क्यामेराले नदेखिने र कतिपय बिग्रेकाले पनि समस्या हुने गरेको बताउनुहुन्छ ।

यसरी सुरु भएको थियो अभियान

चितवनको भरतपुर र रत्ननगर जोड्ने जैविक मार्ग टिकौली जङ्गलमा वन र वन्यजन्तुको संरक्षणका लागि कडाइ गर्न २०७३ असार ३० गतेबाट सिसी क्यामेराले निगरानी थालेको थियो । त्यसको एक महिना निकुञ्जका अधिकारी, सेना, वनरक्षक तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा सडकमै कार्यक्रम भए ।

चालकलाई सम्झाउँदै जानकारी दिने र अटेर गरे कारबाही गर्ने चेतावनी दिइयो । त्यसको करिब एक महिना कार्यक्रम प्रभावकारी देखियो । फोहर फाल्न रोकिएको थियो । चालकहरु हत्तपत्त गाडी रोक्दैन्थें । रोकिहाले पनि वन रक्षक आएर अभियानबारे सम्झाएर पठाउँथे । पछि विस्तारै कार्यान्वयनको तह फितलो बन्दै गयो ।

अहिले झन्डै एकवर्ष पुग्नैलाग्दा सिसी क्यामेरा उपयोगविहीन भएका छन् । सशस्त्र वनरक्षक तालिमकेन्द्र टिकौलीका कर्मचारीहरु दृश्य अभिलेख राख्ने, हेर्ने र बस्नेमात्रै गर्छन् । व्यावहारिक कार्यान्वयनको काम एकवर्षमा एकपटक पनि भएको छैन ।

‘संरक्षणका लागि एक मिनेट’ नारासहितको प्रचार अभियान नै सुरु गरेर जैविक मार्ग र वन तथा वन्यजन्तुको संरक्षण अभियान आफैँमा महत्वपूर्ण हो । यो अभियानको उद्देश्य भनेको एक मिनेट गाडी रोकेर चालक सहचालकलाई संरक्षणबारे चेतना दिने, सिसी क्यामेराले निगरानी गरेको बारे जानकारी दिने र पछि यस्ता क्रियाकलाप पाइए कारबाही गर्ने भनेर सुसूचित गराउने थियो । तर त्यो कार्यक्रम अहिले उद्देश्यमै सीमित भएको छ ।

संवेदनशील क्षेत्रमा हेल्चेक्र्याईंले अनाहकमा वन्यजन्तुको ज्यान जाने गरेको छ भने मानिसको जोखिम उत्तिकै बढ्दो छ । अझ फोहर फाल्ने गर्नाले जैविक विविधता र दुर्लभ वन्यजन्तुमै नराम्रो असर गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । उहाँ सिसी क्यामेराले काम गरे पनि एक्सनमा भने जान नसकिएको स्वीकार गर्नुहुन्छ ।

वन्यजन्तु घटनामा कारबाही न्यून

गएको एक वर्षमा चितवनमा गाडीबाट वन्यजन्तुमाथि २२ वटा घटना भएका थिए । त्यसमध्ये १३ वटा टिकौलीको जैविक मार्गक्षेत्रमा भएको छ । त्यसमा पनि जङ्गलभित्रै सातवटा र केही छेउको सिँचाइगेट नजिक छवटा घटना भएको जिल्ला वन अधिकृत केदारनाथ पौडेल बताउनुहुन्छ । उहाँका अनुसार त्यसमा तीनवटा घटनामा मात्रै गाडी पक्राउ परेका छन् । अरु सबै फरार छन् ।

त्यसको अघिल्लो वर्ष यही सडकमा १५ वटा वन्यजन्तुलाई गाडीले हानेर मारेको तथ्यङ्क छ । तर वन र निकुञ्जको तथ्याङ्कमा पाँचवटा गाडीमात्रै कारबाहीमा परेका छन् । यसरी गाडीले वन्यजन्तु किचेमा २० हजार जरिवाना र दुई वर्षसम्म कैद हुने सजाय ऐनमा छ । अझ गैँडा, बाघ र हात्तीलाई ठक्कर दियो भने सजाय थपिने निकुञ्जले जनाएको छ ।

संरक्षणकर्मी रामपृत यादव यति महत्वपूर्ण वन्जयन्तु र जैविक विविधताका विषयमा मानिस अझै संवेदनशील नभएकामा चिन्ता प्रकट गर्नुभयो ।

फोहर पनि थुप्रिँदै

भरतपुरको गोन्द्राङदेखि रत्ननगरको टिकौलीसम्मको सात किमी क्षेत्रमा अहिले दर्जनौँ स्थानमा विभिन्न प्रकारका फोहर फालिएका छन् । जसकारण फोहरको थुप्रो बढ्दै छ ।

कतिपय फोहर नजल्ले र नकुहिने प्रकारका छन् । प्लास्टिक, कौट्टन, कपडा, अन्य काठका टुक्रा प्लाईलगायतका फोहर यत्रतत्र देखिन्छन् । वन्यजन्तुले यस्ता टुक्रा खायो भने पाचन प्रणालीलाई नै असर पु¥याउन सक्छ ।

निकुञ्जले प्लास्टिकजन्य वस्तु र नजल्ने वस्तुलाई जङ्गल क्षेत्रमा पूर्ण प्रतिबन्ध लगाएपछि लुकीलुकी काम भइरहेका छन् । गाडीमा ल्याएर अनि बोरामा हालेर फोहर फाल्ने क्रम पनि देखिएको छ ।

वि.सं.२०७४ असार ५ सोमवार ०८:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अन्तत : सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री पद नेकपा एसको पोल्टामा

अन्तत : सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री पद नेकपा एसको पोल्टामा

काठमाडौं । गठबन्धनभित्रै लामो रस्साकस्स्सीपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पद नेकपा...

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

काठमाडौँ । आज नेपाल बजारमा सुनको मूल्यले नयाँ रेकर्डलाई निरन्तरता...

समितिद्वारा पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

समितिद्वारा पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री...

तीन हजार भन्दा बढी रासायनिक मल काठमाडौँ ढुवानी

तीन हजार भन्दा बढी रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा (सिन्धुपाल्चोक) । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार...

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना...

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...