back
CTIZAN AD

रोनाल्डोको म्यान्चेष्टर युनाइटेडमा फर्कने चाहना

वि.सं.२०७४ असार ५ सोमवार

810 

shares

Portugals-forward-Cristiano-Ronaldo-rea

५  असार,  काठमाडौँ ।  रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने हल्लाले अन्तराष्ट्रिय मिडियाहरु तातिरहेका छन् । यसै बेला बेलायती पत्रिका मिररले रोनाल्डो युनाइटेडमै फर्कन चाहेको उल्लेख गरेको छ ।
ट्याक्स नतिरेको आरोप लागेर अदालतमा मुद्दा खेपिरहेका रोनाल्डोले यो सिजनको अन्त्यमा रियल छाड्ने बताएसँगै रोनाल्डो आफ्नो पुर्व क्लब युनाइटेड फर्कन चाँहेको बताएका छन् ।
रियलमा उनले भने जस्तो नभएको, राम्रो प्रर्दशन गदा पनि सर्मथकले नराम्रो व्यवहार गरेको भन्दै रोनालडाले क्लब छाड्ने मनशाय व्यक्त गरेका हुन् । उनले आफ्ना एजेन्ट मिनो रायललाई युनाइटेडमा जाने व्यवस्था मिलाउन आग्रह गरेको पाईएको छ ।
रानाल्डो सन २००९ मा युनाइटेड बाट रियलमा गएका थिए । रानाल्डो स्पेनमा रँहदा रियल बाट सबैखाले उपाधि जितेका छन् । रोनाल्डोको क्लब स्थान्तरणको हल्ला सँगै युरोपियन क्लबहरु रोनाल्डोलाई भित्राउन रियल समक्ष ठुलो रकमको प्रस्ताव राख्न थालेका छन् ।

वि.सं.२०७४ असार ५ सोमवार ०८:५५ मा प्रकाशित