back
CTIZAN AD

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

वि.सं.२०८३ जेठ २२ शुक्रवार

114 

shares

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकैदिन रु २६ लाखबराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा खरिद गरिएको आधुनिक कृषि सामग्री गाउँपालिकाभित्रका विभिन्न कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको हो ।

गाउँपालिकाको ७५ तथा किसानको २५ प्रतिशत लगानीमा खरिद गरिएको कृषि सामग्री गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा प्रदान गरिएको गाउँपालिकाका कृषि प्राविधिक उद्धव बाँस्तोलाले जानकारी दिनुभयो । सम्बन्धित वडा कार्यालयले सिफारिस गरेपछि गाउँपालिकाको कृषि विकास समितिले छनोट गरेर आवश्यकताका आधारमा किसानलाई कृषि सामग्री प्रदान गरेको हो ।

कृषि विकास समितिबाट छनोट भएका कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै प्रविधिको प्रयोग गरेर किसानको उत्पादन बढाउने उद्देश्यले कृषि सामग्री प्रदान गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले जानकारी दिए ।

खेतबारी जोत्नका लागि ३३ मिनीटिलर, धान, मकै र गहँु कुट्नको लागि आठवटा थ्रेसर, धान, घाँस काट्नका लागि १३ वटा ब्रसकटर, खाडल खन्न पाँचवटा अर्थअगर प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । कृषि बालीमा विषादी छिट्न प्रयोग हुने इलेक्ट्रिक स्प्रेअर ५२ वटा, सिँचाइका लागि हजारी ४२ वटा, आधुनिक मौरीघार ११२ वटा र फलफूलको हाँगा काट्ने सिकेचर आठवटा प्रदान गरिएको हो ।

प्रविधिको बढ्दो प्रयोग भइरहेको अवस्थामा गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा कृषि सामग्री ल्याएर गाउँमै उपलब्ध गराएपछि किसान हर्षित भएका छन् । रावाबेँसी गाउँपालिका जिल्लाको अन्य नौ स्थानीय तहको तुलनामा सबैभन्दा बढी कृषि उपज उत्पादन हुने स्थानीय तहमा पर्दछ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो गाउँपालिकामा यतिबेला लिची उत्पादन भएको छ । लिची उत्पादनको केन्द्र मानिने रावाबेँसी गाउँपालिकामा गत वर्ष लिची बिक्रीबाट मात्रै रु ९५ लाख ६८ हजार भित्रिएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

किसानले उत्पादन गरेका लिची आफ्नै गाउँमा प्रतिकिलो रु ५२ का दरले बिक्री गरेका कृषि शाखा प्रमुख बाँस्तोलाले बताए । छवटा वडा रहेको यो गाउँपालिकाको वडा नं १ कुभिण्डेका स्थानीय खड्गप्रसाद रेग्मीले यस वर्ष एउटै बोटमा फलेको लिची रु ४५ हजारमा ठेकेदारलाई घरैबाट बिक्री गरे ।

लिची बिक्रीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकारले यसको प्रवद्र्धनमा खासै चासो नदिएको किसानको गुनासो छ ।

आफूहरूले उत्पादन गरेको लिचीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइदिनुपर्ने किसानको माग छ । रावाबेँसी गाउँपालिकामा फलफूलका साथै धान, मकै, गहुँ, कोदो तथा फापर अत्यधिक मात्रामा उत्पादन हुने गरेको छ । रावाखोला फाँटमा उत्पादन भएको धान राजधानी काठमाडौँलगायत विभिन्न ठाउँमा खपत हुने गरेको छ ।

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०७:२७ मा प्रकाशित

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

म्याग्दी । बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई...