back
CTIZAN AD

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

वि.सं.२०८३ असार १४ आइतवार

54 

shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा व्यवस्थित झोलुङ्गे पुल नहुँदा आवत जावतमा समस्या भएको छ ।

नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको उक्त पदमार्गको नारच्याङ–हुमखोला खण्डको कच्चि सडक र हुमखोला–आधारशिविर खण्डमा रहेका अस्थायी पुल (साँघु र फड्के) हरुको स्तरोन्नति गर्नुपर्ने भएको छ । पदयात्रीहरुको चाप बढेपछि अस्थायी पुलमा आलोपालो गरेर हिँड्नुपर्ने अवस्था आएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए।

स्थानीय सीप र प्रविधिको प्रयोग गरेर निर्माण भएको अस्थायी पुललाई पर्यटकको चापसँगै स्तरोन्नति गर्नुपर्ने भएको उनले बताए । पुलमा काठको फ्ल्याक बिछ्याइएको छ । लठ्ठाहरु हल्लिदाँ वारपार गर्न जोखिम भएको हो । भारी बोकेर पुल तर्न गार्हो हुने गरेको छ । पुलको दायाँबायाँ जाली पनि छैन् । कतिपय ठाउँमा काठका साघुबाट खोला तर्नुपर्छ ।

हुमखोला, फुतफुते झरना, रेडवाटर फल, सुनखोला र पञ्चकुण्डमा रहेका काठे पुल परिवर्तन र स्तरोन्नति गर्नुपर्ने देखिएको हो । पञ्चकुण्ड तालको छेउबाट आधार शिविर जाने बाटोमा खोलामाथी राखिएको काठमा हिउँ जम्ने र चिप्लने समस्या छ ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा पदमार्गको प्रवेशबिन्दुमा पर्ने हुमखोलामा ६० मिटर लामो झोलुङ्गे पुल निर्माणको तयारी गरेको जनाएको छ । गाउँपालिकाका सवइञ्जिनियर बालकृष्ण पौडेलले सामग्रीहरू खरिद भइसकेको पुल निर्माण गर्न उपभोक्ता समिति गठन र सम्झौतापछि काम अघि बढाउने बताए।

फुतफुते झरनामा झोलुङ्गे पुल बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। पृष्ठभूमिमा झरनाहरू अवलोकन गर्दै तस्विर, भिडियो खिच्ने ठाउँ समेत रहने गरेर पुल बनाउन डिजाइन गरिएको उनले बताए।

अन्य ठाउँमा पुल बनाउनका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गरेको गाउँपालिकाले जनाएको छ । हालै मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरको भ्रमण गरेर आएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले झोलुङ्गे पुल, खानेपानी, सञ्चार, विद्युत सुविधा विस्तार र पदमार्ग स्तरोन्नतिका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाए।

समुन्द्रि सतहदेखि चार हजार एक सय ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दुरिमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाईमा परेको छ । असोज र कात्तिक महिनामा करिब १५ हजार जनाले आधार शिविरको भ्रमण गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर पुनले बताए।

नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको शेर्पा अल्पाइन ट्रेकीङका पथप्रर्दशक लाक्पा आङवु शेर्पाले बताए।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।

नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि।स। २०७७ मा नक्सांकन र ‘मौरिस हर्जोग’ नामाकरण गरेको थियो ।

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस र लुईस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।

वि।स। २०७७ मा भएको अन्नपूर्ण महोत्सव र गत जेठमा अन्नपूर्ण आरोहणको हिरक जयन्तिले पदमार्ग, हिमाल र आधार शिविरको प्रचार गर्न सहयोग पुगेको छ ।

पदमार्गको प्रवेशबिन्दुमा पर्ने नारच्याङमा सन् २०१२ आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरको बारेमा जानकारी गराएपछि स्थानीयबासीहरुको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताए।

वि.सं.२०८३ असार १४ आइतवार ११:५४ मा प्रकाशित

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बागलुङ । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका–१२ लिलाधर...

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत ।  बिहादी गाउँपालिका–१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...