back
CTIZAN AD

भाले गोही मरेपछि प्रजननमा समस्या

वि.सं.२०७४ असार ६ मंगलवार

732 

shares

६ असार, चितवन  । प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको एक मात्र भाले घडियाल (गोही) मरेपछि प्रजननमा समस्या देखिएको छ ।

राप्ती र नारायणी नदीमा प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको उक्त भाले गोही मरेपछि सङ्कटापन्न अवस्थामा रहेका गोहीको प्रजननमा समस्या देखिएको हो ।

एक महिनाअघि नवलपरासीको शेरी भन्ने स्थानमा नारायणी नदीमा तियारी जालमा परेर उक्त भाले गोही मरेको थियो । राप्ती र नारायणी नदी क्षेत्रमा एक मात्र भाले गोही रहेको अनुमान गरिँदै आएको छ ।

सन् २०१६ मा गणना गर्दा ती दुई नदीमा १६६ गोही फेला परेका थिए । देशभरका अन्य नदीमा समेत गरी यो सङ्ख्या १९८ रहेको थियो ।

चालु आर्थिक वर्षमा मात्रै राप्ती र नारायणीमा ९० वटा गोही छोडिएको निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले बताउनुभयो । गएको जाडो याममा त्रिवेणीमा एउटा भाले घडियाल गोही देखिएको भए पनि पछिल्लो समय सो गोही पनि देखिएको छैन । १५ देखि २० वर्षको उमेरमा गोहीको लिङ्ग पहिचान हुने गर्दछ । गोही प्रजनन केन्द्र कसरामा पनि एउटा मात्रै भाले गोही रहेको छ । केन्द्रमा ५०० हाराहारी गोही रहेका छन् ।

राप्ती र नारायणी नदीमा गोहीको अन्डा सङ्कलन गरी प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने गरिन्छ । एउटा भालेले ठूलो सङ्ख्यामा पोथीलाई प्रजनन गराउन सक्ने क्षमता राख्ने गरेको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो ।

विगत १५ वर्षदेखि गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत खड्काकाअनुसार पोथी गोहीले भाले प्रजननका लागि खोज्ने गर्दछन् । राप्ती र नारायणीमा प्रजननयोग्य करिब २५ वटा पोथी गोही रहेका छन् । तिनीहरुलाई हालै मरेको भालेले प्रजनन गराएको उहाँले बताउनुभयो । सो भाले गोही सन् २०१० यता ती पोथीलाई प्रजनन गराउँदै आएको खड्काको दाबी छ ।

करिब ३० वर्ष उमेरको उक्त भाले मरेसँगै नारायणी र राप्तीमा प्रजनन गराउने भालेको अभाव भएको उहाँले बताउनुभयो । सहायक संरक्षण अधिकृत खड्काकाअनुसार यी दुई नदीमा प्रजनन गराउन नेपालका अन्य नदी तथा भारतबाट भाले ल्याउनुपर्ने अवस्था आएको छ । नेपालको बबई नदीमा तीनवटा भाले रहेको अनुमान गरिए पनि यकिन पहिचान भइनसकेको उहाँले बताउनुभयो । अन्य नदीमा पनि भाले गोहीको पहिचान नभएको उहाँले बताउनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले घडियाल गोही संरक्षणमा चुनौती देखिएको भन्दै वंश विस्तारका लागि नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभयो ।

निकुञ्जले आज नवलपरासीको अमलटारीमा घडीयाल संरक्षणसम्बन्धी सरोकारवालासँग छलफलसमेत गरेको उहाँले बताउनुभयो । सो क्रममा घडियाल गोहीको मृत्युको कारण, संरक्षणमा आइपरेका समस्या र चुनौती, संरक्षणका प्रयास, दीर्घकालीन उपाय लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा गोहीको अनुसन्धान र प्रजनन दर बढाउने, प्राकृतिक बासस्थानमा धेरै छोड्ने, अनुगमन गर्ने, नदी तटीय बासस्थान संरक्षणका लागि स्वयम्सेवी तयार गर्ने, नदी तटीय क्षेत्रमा बस्ने बासिन्दाका लागि वैकल्पिक रोजगारी र आयआर्जनको व्यवस्था गर्ने लगायतका विषयमा छलफल भएको निकुञ्जका अर्का सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताउनुभयो । रासस

वि.सं.२०७४ असार ६ मंगलवार १५:०० मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...