यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको इतिहासमा पहिलोपटक कुनै महिलाले विदेश मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर पाएकी छन्।
अल–जौबा विदेशमन्त्री बन्ने पहिलो महिला मात्र नभई यमन सरकारका प्रमुख क्याबिनेट पदमध्ये एकको जिम्मेवारी सम्हाल्ने पहिलो महिला पनि बनेकी छन्।
लामो समयदेखि राजनीतिक अस्थिरता र द्वन्द्वको सामना गरिरहेको यमनमा उनको नियुक्तिलाई महिला नेतृत्व र राजनीतिक सहभागिताका दृष्टिले ऐतिहासिक कदमका रूपमा हेरिएको छ।
उनको नियुक्तिपछि यमनको कूटनीतिक नेतृत्वमा महिलाको प्रतिनिधित्व बढ्ने अपेक्षा गरिएको छ। साथै, यस कदमलाई देशको शासन व्यवस्थामा महिला सहभागिता विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा पनि चर्चा गरिएको छ।
वि.सं.२०८३ साउन १० आइतवार १२:०६ मा प्रकाशित






























