back
CTIZAN AD

पुरुष कर्मचारीलाई पनि प्रसूति स्याहार बिदा दिन मानव अधिकार आयोगको सिफारिस

वि.सं.२०८३ साउन १४ बिहीवार

135 

shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पत्नी सुत्केरी हुँदा सरकारी, गैरसरकारी तथा निजी संस्थामा कार्यरत पुरुष कर्मचारीलाई पारिश्रमिकसहित ४५ दिनको प्रसूति स्याहार बिदा दिने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई थप प्रभावकारी बनाउन संशोधन आवश्यक रहेको निष्कर्ष निकाल्दै नेपाल सरकारलाई औपचारिक सिफारिस गरेको हो।

आयोगका अनुसार २०८३ साउन ५ गते बसेको आयोगको बैठकको निर्णयअनुसार साउन ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई संशोधनका लागि सिफारिससहित पत्राचार गरिएको जनाइएकाे छ। उक्त सिफारिसको बोधार्थ प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समिति, कानुन, न्याय तथा मानव अधिकार समिति तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा समेत पठाइएको आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

आयोगले कारागार वा हिरासतमा रहेका महिला कैदीबन्दी तथा थुनुवाले पनि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार सहज रूपमा उपभोग गर्न सक्ने गरी विशेष कानुनी व्यवस्था थप गर्नुपर्ने सुझाव दिएको छ।

त्यसैगरी, गर्भवती महिलाका लागि हानिकारक ठहरिएका कामबाट जोगाउन कार्यस्थलमा प्रजनन स्वास्थ्य संरक्षणसम्बन्धी विशेष व्यवस्था गर्नुपर्ने प्रावधान ऐनमा समावेश गर्न आयोगले सिफारिस गरेको छ।

आयोगले ऐनबमोजिमको कसुरबाट कुनै व्यक्ति पीडित भएमा उपचार र जीवनयापन खर्च कसुरदारबाट भराइने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएको छ।

यस्तै, ग्रामीण तथा दुर्गम क्षेत्रका महिलाको प्रजनन स्वास्थ्य अधिकार प्रभावकारी रूपमा सुनिश्चित गर्ने, साथै प्राकृतिक विपद्, महामारी तथा अन्य जटिल परिस्थितिमा गर्भवती र सुत्केरी महिलाले विशेष संरक्षण प्राप्त गर्ने अधिकार कानुनमै सुनिश्चित गर्नुपर्ने आयोगको सिफारिस छ।

आयोगले यी संशोधन लागू भए सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य तथा लैङ्गिक समानतासम्बन्धी अधिकारको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

वि.सं.२०८३ साउन १४ बिहीवार १३:२८ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...